सवै वडाको कार्यालय भवन आगमी ५ बर्ष भित्र निर्माण सम्पन्न हुन्छ” — नगर प्रमुख थापा

Kandara News
प्रकाशित : २०७९ माघ ६ गते ०:१४

सवै वडाको कार्यालय भवन आगमी ५ बर्ष भित्र निर्माण सम्पन्न हुन्छ” — नगर प्रमुख थापा

पाल्पा , रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आगामी ५ बर्षमा नगर भित्रका सवै वडाको भवन निर्माण सम्पन्न हुने बताउनु भएको छ । विहिबार रामपुर नगरपालिका वडा नं. ८ को वडा कार्यालय भवनको शिलान्यास गर्दै नगर प्रमुख थापाले यस्तो बताउनु भएको हो । नगरबासीको सेवा सहजता र वडाबाट प्रवहा हुने सेवालाई प्रभावकारी बनाउनका लागि नगरका सबै वडामा वडा भवन निर्माण गरिने उहाँले बताउनुभयो । थापाले विगतको ५ बर्षमा शिक्षा , स्वास्थ्य , खानेपानी लगाएतको क्षेत्रमा बजेट विनियोजन गरि काम गरेकोले भवन निर्माण गर्न नसकिएको भन्दै अव सवै वडाको भवन निर्माण गरिने बताउनु भएको छ । “गएको ५ बर्षमा शिक्षा , स्वास्थ्य र खानेपानी लगाएतका योजनालाई प्राथमिकतामा राखेर काम ग¥यौँ अब वडा भवन निर्माण कार्यलाई सम्पन्न गर्छौँ” — थापाले भन्नुभयो । उहाँले भवन निर्माण गर्दा गुणस्तरियतालाई ध्यान दिएर काम गर्न आग्रह गर्दै प्राविधिकको स्टमेट अनुसार भवन निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो । साथै गुणस्तरिय निर्माणका लागि स्थानियले पनि खबरदारी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश आचार्यले भवन नहुँदा सहज र सरल तरिकाले सेवाग्राहीलाई सेवा प्रदान गर्न नसकिएको बताउँदै समयमै भवन निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । संघिय सरकारको समपूरक बजेट मार्फत रामपुर ८ को कुमराङ४ कोठे पक्कि भवन निर्माण कार्य शुरु भएको हो । के एन विल्डर्सले २५ लाख ३७ हजार ८ सय ५६ रुपैयाँमा ठेक्का सम्झौता गरि निर्माण कार्य शुरु गरेको छ । आगमी बैशाख महिना भित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भए अनुसार समयसिमा भित्रै भवन निर्माण सम्पन्न गरिने निर्माण व्यवसायी भरतराज देवकोटाले बताउनुभयो । वडा नं. ८ का अध्यक्ष आचार्यको अध्यक्षतामा भएको भवन शिलान्यास कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । वडा सदस्य विष्णुमाया गैरेको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन वडा सचिव महेश भट्टराईले गर्नु भएको थियो ।


प्रकाशित : २०७९ माघ ६ गते ०:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology