लियो क्लव पाल्पा र रम्भा गा.पाको आयोजनामा ताहुँमा रत्तदान कार्यक्रम सम्पन्न

कपिल देवकोटा
प्रकाशित : २०७९ माघ ८ गते ८:४४

माघ, पाल्पा
लियो क्लब अफ पाल्पाको आयोजना तथा रम्भा गाउँपालिकाको सहयोग र युनाइटेड मिसन अस्पताल तानसेनको प्राविधिक सहयोगमा शनिवार प्राथमिक स्वास्थ्य केन्द्र ताँहुमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले रक्तदान गर्नु भनेको जीवन दान गर्नु जत्तिकै महत्त्वपूर्ण कार्य भएको र क्लबले आगामि दिनमा पनि यस्तै कार्यक्रम गर्दै जानु पर्ने कुरामा जोड दिनुभयो। कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष राधा कुमारी श्रेष्ठ, अतिथिहरू प्राथमिक स्वास्थ्य केन्द्र ताँहुका प्रमुख डा विवेक पौडेल, प्राथमिक स्वास्थ्य केन्द्र का जनस्वास्थ्य निरीक्षक फिरोज श्रेष्ठ , अौषधि व्यवसायी संघ पाल्पाका अध्यक्ष विष्णु केसी , प्रहरी चाैकी ताँहुका प्रमुख याम बहादुर पुन , ग्लोबल आबइ एम इ बैंक ताँहुका शाखा प्रबन्धक प्रविन देव पन्त, युनाइटेड मिसन अस्पतालका सब इन्चार्ज गुन्जा गुरूङ, कार्यपालिका सदस्यहरू नानु कुमारी गन्धर्व ,नेत्र विक श्री कृष्ण प्रणामी युवा परिषद् पाल्पाका सचिव दान बहादुर कार्की लगायत अन्य समाजसेवी स्वास्थ्यकर्मी तथा व्यापारीहरूको सहभागीता रहेको थियो । कार्यक्रममा ३७ जना सहभागीहरूले रक्तदान गरेका थिए । अजय कार्कीले संचालन गर्नुभएको कार्यक्रम लियो क्लव अफ पाल्पा अध्यक्ष लियो कमल ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ माघ ८ गते ८:४४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology