आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी

Kandara News
प्रकाशित : २०७९ माघ १२ गते १८:२८

आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी। माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास सहित सरस्वतीको विशेष पुजाआराधना गरिन्छ। आजको दिनमा ज्ञानका पारखीहरु सरस्वतीको उपासनामा व्यस्त बनेका छन। खासगरी बिद्यालयहरुमा सरस्वती पूजा धुमधामसंग मनाइदैछ।
यसै सन्दर्भ मा न्यु होराइजन माध्यमिक बिद्यालय पाल्पा तानसेन मा अध्यन गरि सकेर बाहिर रहनु भएका विद्यार्थी अर्थात भुत पुर्व विद्यार्थीमञ्च न्यु होराइजन पाल्पा ले विद्यालय मा रहेको सरस्वती को मन्दिर मा सरस्वती को मुर्ती हस्तान्तरण गरेको छ ।
विद्यालय ले बनाएको मन्दिर मा भु पू विद्यार्थी को नाताले मुर्ति प्रदान गर्न पाउँदा सार्है खुसी लागेको मञ्च का सचीव निर्मल बस्याल ले बताउनु भयो । साथै विद्यालयको तर्फ बाट प्राचार्य डासुराम पन्थ ले भु पू विद्यार्थी लाई विशेष धन्यवाद दिदै विद्यालयमा सरस्वती को मुर्ति प्रदान गर्नु सरहानिय काम भएको बताउनु भयो ।
साथै विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास रहेको ले आजै विद्यालय मा अक्षराम्भ कार्यक्रम पनि गरिएको छ ।
बिद्याकी देवी सरस्वतीको जन्मदिनको उपलक्ष्यमा सरस्वती पूजा गरिदै आएको धार्मिक बिश्वास रही आएको छ। ब्रम्हाले संसार सृष्टि गरेपछि त्यसमा बाणी भर्ने कामको लागि सरस्वतीलाई जन्म दिएको पण्डितहरु बताउछन। आजको दिनबाट नै बसन्त ऋतु आरम्भ हुने हुँदा आजको दिनलाई बसन्त पंचमी पनि भन्दछन्।


प्रकाशित : २०७९ माघ १२ गते १८:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology