पूर्वखोलामा एकीकृत घुम्ती स्वास्थ्य शिविर सम्पन्न

Kandara News
प्रकाशित : २०७९ माघ १४ गते ९:२४

पाल्पा, पूर्वखोला
पूर्वखोला गाउँपालिका अन्तर्गतका ६ वटै वडाको स्वास्थ्य चौकीमा संञ्चालन गरिएको एकिकृत घुम्ति स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
दुई चरणमा शिविर संञ्चालन भएको स्वास्थ्य शिविरमा जनाताले गाउँघरमै आफ्नो स्वास्थ्यको बारेमा जानकारी हुने र रोगको पहिचान गरि स्वास्थ्य सेवा प्राप्त हुने गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताउनु भयो ।
प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रीनिग , भि आई ए, इमपलान्ट तथा आयुसिडी , जस्ता परिवार नियोजनका साधनहरु ,आखाँको परिक्षण लगायतको सेवा शिविर बाट संञ्चालन भएको पूर्वखोला गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालले बताउनु भयो । कार्यक्रम नेत्र ज्योति संघ पाल्पा,लायन्स लाकौल आँखा अस्पताल तानसेन र नेपाल परिवार नियोजन संघ पाल्पा शाखा संगको समन्वयमा पुर्वखोला गाँउपालिकाको सहयोगमा एकिकृत घुम्ति स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा आँखा सम्बन्धि समस्या भएका जम्मा ८१७ जनालाई सेवा दिएकोमा ४७ जनालाई मोतिबिन्दु भएको पत्ता लागेको छ र शल्यक्रिया को लागि सल्लाह दिईएको नेत्र रोग विशेषज्ञ सन्तोष दर्जीले बताउनु भयो ।

परिवार नियोजन सम्बन्धि लामो अबधिको परिवार नियोजन को सेवा ३९ जनाले,पाठेघरको क्यान्सर जाँच ४४९ जनाले गर्नुभएको थियो । सो मध्ये ८ जनालाई क्यान्सर सम्बन्धि केहि लक्षण देखिएकोले थप परिक्षणको लागि अस्पताल जान सल्लाह दिइको थियो । डाक्टर राकेश बज्रचार्य ,रोमि श्रेष्ठ र सरस्वती पन्थीले महिला रोग सबन्धी परिक्षण गर्नु भएको थियो ।


प्रकाशित : २०७९ माघ १४ गते ९:२४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology