स्थानिय तह स्तरिय राष्ट्रपतिकप पूर्वखोलामा सम्पन्न

Kandara News
प्रकाशित : २०७९ माघ १५ गते २०:२१

माघ १५,पूर्वखोला
पूर्वखोला गाउँपालिका माध्यमिक तह स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आईतबार सम्पन्न भएको छ । ७ वटा माध्यमिक तह स्तरीय प्रतियोगितामा सामुहिक र व्यक्तिगत गरि ३० विद्मामा खेल खेलाईको थियो जसमा उद्बुद्ध माध्यमिक विद्यालयले आठ स्वर्ण , आठ रजत र नौ कास्य पदक सहित जम्मा २५ पदक आफ्नो हात पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ। साथै यस विद्यालयले लगातार राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ह्याट्रिक गर्दै राष्ट्रपति शिल्ड आफ्नो बनाउन सफल भएको छ । समान ८ स्वर्ण,४ रजत, ५ कास्य सहित जम्मा १७ पदक सहित मातृभुमि मा वि देवीनगर दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।४ स्वर्ण ,६ रजत र ७कास्य सहित जम्मा १७ पदक सहित सहित जनमार्ग मा.वि तेस्रो स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै जनप्रिय मा.वि हेक्लाङ्गले ४ स्वर्ण ,२ रजत र ४ कास्य सहित जम्मा १० पदक, शम्भु माध्यमिक विद्यालय जल्पाले ३ स्वर्ण ,७ रजत र २ कास्य सहित जम्मा १२ पदक , गणपति माध्यमिक विद्यालयले ३ स्वर्ण, ४ रजत र ३ कास्य सहित जम्मा १० पदक जित्न सफल भएका थिए खेल माघ १२ देखि १५ गते सम्म जम्मा ४ दिन संचालन भएको थियो ।


प्रकाशित : २०७९ माघ १५ गते २०:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology