न्यू होराइजन बोर्डिङ्ग स्कूलको ३० औं वार्षिकोत्सब एवम् अभिभावक दिवस सम्पन्न।

जनक राज भट्टराई
प्रकाशित : २०७९ माघ १६ गते २०:३५

तानसेन नगरपालिका–७ स्थित न्यू होराइजन बोर्डिङ्ग स्कूलको प्राङ्गणमा ३० औं वार्षिकोत्सब एवम् अभिभावक दिवस सम्पन्न भएको छ ।
सोमबार प्रतिनिधि सभाका साम्सद ठाकुर गैरे को प्रमुख आतिथ्यमा स्कुलको ३० औं वार्षिकोत्सब एवम् अभिभावक दिवस भव्य रुपमा सम्पन्न भएको हो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल लाकौल को सभापतित्व तथा प्रदेश साम्सद वीर बहादुर राना र जिल्ला समन्वय समितिका प्रमुख टंक नाथ खनाल को बिशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमको अतिथीमा न्यू होराइजन बोर्डिङ बुटवल का प्राचार्य लोकनाथ उपाध्याय तथा उपप्रचाय बासुदेव अर्याल ,प्याब्सन पाल्पा का अध्यक्ष महेश बज्राचार्य ,पत्रकार महासङ्घ का उपाध्यक्ष भरत शर्मा ,रेडक्रस पाल्पाका अध्यक्ष बुद्धि प्रसाद शर्मा, तानसेन नगरपालिका–७ का वडा अध्यक्ष प्रदीप खनाल ,उद्योग बाणिज्य संघ पाल्पा का अध्यक्ष शैलेन्द्र भट्टराई लगायतका व्यक्तिहरु आसिन थिए ।

कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले विद्यालयको प्रगतिको शुभकामना व्यक्त गर्दै सरकारलाई निजि विद्यालयको ठुलो योगदान रहेको बताउदै कम तलव मा पनि उच्च मिहेनत गर्ने शिक्षक को सम्मान गरेको मा विद्यालयलाई विशेष धन्यवाद दिदै विद्यालय थप प्रगति को सहयोग गर्ने बताउनु भयो । त्यस्तै निजि विद्यालय र सरकारी विद्यालय का विद्यार्थी मा राष्ट्र ले गरेको विभेद अन्त्य गर्नु पर्ने प्रदेश सदस्य वीर बहादुर रानाले बताउनु भयो । उपस्थित अतिथीहरुले जिल्लामै उत्कृष्ट रहेको यो विद्यालय को आगामी दिन अझै पनि उत्कृष्ट नै रहोस भन्दै शुभकामना दिदै आगामी दिनमा थप प्रगती हुँदै जाओस् भन्दै मन्तव्य प्रस्तुत गरेका हुन् ।

विद्यालयका उपप्रचार्य चन्द्रकान्त न्यौपाने को स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा विद्यालयका प्राचार्य डासुराम पन्त ले विद्यालयको बार्षिक प्रदिवेदन प्रस्तुत गर्दै विद्यालय जिल्ला मै उत्कृष्ट रहेको जानकारी दिदै विद्यालय लाई यहाँ सम्म लेराउन लागि पर्ने सम्पुर्ण शिक्षक कर्मचारी लाई विशेष धन्यवाद दिनुभयो ।विद्यार्थी हरू बाट गायन र नृत्य प्रतिभा प्रस्तुत गर्नुका साथै विद्यालयले सम्पुर्ण शिक्षक शिक्षिका हरूलाइ सम्मान गरेको उक्त कार्यक्रमको सञ्चालन विद्यार्थी कृस्टला ढुंगाना ले गरेका थिइन।


प्रकाशित : २०७९ माघ १६ गते २०:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology