बाख्रापालन व्यवसाय बाट राम्रो आम्दानी लिदै रामपुरका नारायण भण्डारी

रमा भण्डारी
प्रकाशित : २०७९ माघ १९ गते १७:५४

माघ १९

रामपुर नगरपालिका वडा नम्वर ५ बस्ने नारायण प्रसाद भण्डारीलाइ बाख्रा सग खेल्दै समय वित्छ । समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै पशु व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे ।
आफ्नै मेहनतले गरेको व्यावसय प्रति सबैले हेला गर्नै नराम्रँो मान्ने गर्थै आज भोलि भने यस्तो छैन ।
समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएका छन् रामपुर नगरपालिका वडा नम्पर ५ बस्ने नारायण प्रसाद भण्डारी । वहाले दुख गरेर व्यवस्थित बाख्रा पालन गरेको देखे पछि अहिले भने बाख्रा फर्म हेर्नै आउने विभिन्न राष्ट्रिय तथा स्थानिय मिडिया संग कुरा गर्नै र अवलोकन गर्ने आउने हरु प्रशंसा गरेका छन् । अहिले वहाको फर्ममा ६५ वटा बाख्रा छन् । बैदेशिक रोजगारिको सिलशिलामा साउदि पुगेका भण्डारी बैदेशिक रोजगारी बाट फर्किएपछि बाख्रा पालन व्यवसायमा लाग्नु भएको हो । दुइवटा बोयरजातको विउ बोका संगै अहिले वहाका फर्ममा पुग्दा प्रशंसा नगर्नै कमै होलान । निर्मल पशुपङ्क्षि फर्मको नाम ले परिचित बाख्रा फर्म करीव ३५लाखको लागतमा फर्म निर्माण गरी संचालन गरेका भण्डारीको परिवार लाइ अहिले बाख्रालाइ स्यारसुसार गर्ने भ्याइनभ्याइ भएको छ । ५ जनाको परिवार रहेको भण्डारीको परिवारमा सबैले बाख्राको लागि स्यारसुसार गर्ने तर्फ नै भ्याइन्भ्याइ हुन्छ । स्थानिय सरकार सगबाट कुनै सहयोग नपाएको गुनासो गर्ने भण्डारीले आफ्नै लगानिमा फर्म संचालन गरेको बताउनु हुन्छ । २०७७ सालबाट शुरु गरेको फर्मबाट वर्षको करीव ३ लाख आम्दानी भएको बताउनु भएको छ । यो व्यवसाय बाट आम्दानीका लागि समय लाग्ने भएकाले भर्रखर मात्र आम्दानिका लागि बाख्रा तयार भएको बताउनुभयो ।काम गर्न त दुख हुन्छ तर हामी यसै व्यवसायमा खुशि भएको भण्डारीका श्रीमति भगवति भण्डारीले बताउनु भएको छ ।
यस व्यवसायमा धेरै अनुभव सङ्गालेको हुँदा छिमेकी पनि भण्डारी सग बाख्रा पालनको बारेमा जानकारी लिन पुग्छन् ।
समाजमा शिक्षा र चेतनाको विकाससँगै विभिन्न निकायबाट कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम, एफएम रेडियो, टेलिभिजनलगायतका विभिन्न सञ्चार माध्यमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सन्देश प्रवाह हुन थालेपछि अहिले यस व्यवसायमा सबैका सामु भण्डारी उदाहरणीय बाख्रा पालक कृषक बनेका बनेका छन् ।
‘परिवारमा धन कमाउने नहुँदा घरखर्च, छोराछोरीको पढाइ खर्च चलाउन धेरै समस्या भएपछि आफैंले व्यवसाय गरेको बताउनु हुन्छ । मेहनत गरे आफ्नै देशमा आम्दानी गर्नै सकिन्छ भन्दै बैदेशीक रोजगारीमा जाने दाजुभाइ दिदिबहिनीहरुलाइ विदेशमा जति समय लगानि गरे आफ्नै देशमा शुन फुल्छ भन्दै सबैलाइ केहि गर्नु पर्छ भन्नु भएको छ । वहाले आफ्नै १ रोपनी जग्गामा खोर र बाख्रालाइ खेल्नेठाउ तथा मलखाद समेत व्ययस्थापन गर्नु भएको छ ।


प्रकाशित : २०७९ माघ १९ गते १७:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology