निस्दीमा पालिका स्तरीय बाल भेला तथा प्रथम अधिवेशन सम्पन्न ।

होम राई मगर
प्रकाशित : २०७९ माघ २० गते १५:५४

पाल्पा / २० माघ । निस्दी गाउँपालिका पाल्पामा पालिका स्तरीय बाल भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

भेलामा बोल्नु हुदै लुम्बिनी प्रदेश सदस्य राजु प्रसाद श्रेष्ठले बालबालिकाहरु अधिकार संरक्षणमा अभिभावकहरुको भूमिका महत्त्वपूर्ण रहने भएकोले बालमैत्री वातावरणको सिर्जना घरपरिवारले गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यका तीनै तहका सरकारबाट उपयुक्त योजना तथा कार्यक्रममा मार्फत बालबालिकालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले रम्भा गाउँपालिकामा यस अघि बालमैत्री कार्यक्रम सन्चालन गरेको र योजना तथा कार्यक्रम अनुरुप सफल तथा प्रभावकारी रहेको बताउनुभयो । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले हाल निस्दीमा बाल बिबाह मुख्य समस्या र चुनौती रहेको बताउनु हुदै यस बारे गाउँपालिकाले प्राथमिकताका साथ योजना तथा कार्यक्रमहरु ल्याउने बताउनुभयो । साथै सम्बन्धित सरोकारवालाहरुको साथ र सहयोग समेत रहनेमा आफु विश्वासत रहेको उहाँको भनाइ छ । कार्यक्रममा विभिन्न राजनैतिक दल,संघ,संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र ७ वटै वडाका बालबालिकाहरुको उपस्थिति रहेको
थियो ।

माघ १९ गते र २० गते गरी जम्मा २ दिन सम्म बसेको भेलाले जेनिसा सोतीको अध्यक्षतामा ११ सदस्यीय बाल मन्च गठन गरिएको छ । जसको उपाध्यक्षमा निलम ढकाल,सचिबमा नबिन बयम्बु,सहसचिवमा मनिषा जर्घा र कोषाध्यक्षमा निरुता फाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा हिमेश मश्राङ्गी,शान्ति राई,विष्णु नेपाली,रोशन नेपाली,नबिन्द्र सुनारी र निशा सारु रहेका छन् ।


प्रकाशित : २०७९ माघ २० गते १५:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology