नेपाल रेडक्रस सोसाइटी उपशाखा सिलुवा को बार्षिक साधारण सभा तथा निर्वाचन अधिबेशन सम्पन्न ।

कृष्ण प्रसाद पंगेनी
प्रकाशित : २०७९ माघ २८ गते १९:३४

नेपाल रेडक्रस सोसाइटी उपशाखा सिलुवा को बार्षिक साधारण सभा तथा निर्वाचन अधिबेशन सम्पन्न ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा सिलुवा को बार्षिक साधारण सभा तथा निर्वाचन अधिबेशन सम्पन्न भएको छ । अधिबेशन को खुल्ला सत्रको प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पा का सदस्य रितमान श्रेष्ठ ले रेडक्रस को ऐतिहासिक पृष्ठभूमि, र रेडक्रस ले गर्नु पर्ने, गरिएको कामहरु को बारेमा चर्चा सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमका बिशिष्ट अतिथि पुर्वखोला गांउ पालिका वडा नम्बर एक सिलुवा का सदस्य समुन्द्रा भारतीले रेडक्रस दुखको सहयोगी संथा रहेको बताउदै यस संथाको उत्तर उत्तर कामना गर्दै निर्वाचित नव निर्वाचित समितिलाई बधाई तथा शुभकाना व्यत्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा खालिबन का सभापति केशबराज पंगेनी, नेपाल रेडक्रस सोसाईटी उपशाखा खालिबन सचिव गोपाल प्रसाद काफ्ले, लगायत ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अधिबेशन भेला बाट बालकृष्ण पंगेनी को सभापतित्वमा १३ सदस्य नेपाल रेडक्रस सोसाईटी उपशाखा सिलुवा गठन भएको छ । समिति को उपसभापति मा अम्मिका पन्थी काफ्ले ,सचिव कृष्ण प्रसाद पंगेनी, उपसचिव युद्ध बहादुर बिरकट्टा, कोषाध्यक्ष भिम बहादुर साठिघरे, ऊपकोषाध्यक्ष मुक्ति नाथ पंगेनी सदस्यहरु क्रमस खेम बहादुर हिस्की , इन्द्र नारायण श्रेष्ठ , याम प्रसाद श्रेष्ठ, भुपाल पंगेनी, महिला सदस्य कला भारती, पुर्व सभापति हरि प्रसाद भारती रहेको समिति सर्वसम्मत रूपमा चयन गरेको छ । कार्यक्रमको खुल्ला सत्रमा सभापति हरि प्रसाद भारती ले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष भिम बहादुर साठिघरे ले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको थियो ।कार्यक्रम नेपाल रेडक्रस सोसाईटी उपशाखा सिलुवा को सभापति हरि प्रसाद भारती को सभापतित्वमा, सदस्य युवराज काफ्ले को स्वागत मन्तव्य तथा सहसचिव कृष्ण प्रसाद पंगेनी को संचालन मा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ माघ २८ गते १९:३४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology