एमाले पाल्पाको जनवर्गीय संगठन संयन्त्रको बैठक

Kandara News
प्रकाशित : २०७९ माघ २८ गते २०:३२

एमाले पाल्पाको जनवर्गीय संगठन संयन्त्रको बैठक
पाल्पा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पाको जनवर्गीय संगठन समन्वय संयन्त्रको बैठक बसेको छ । बैठकमा पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले जनवर्गीय संगठन पार्टीको महत्वपूर्ण खम्बा भएको बताए । उनले संगठन क्षेत्रगत उद्देश्य अनुसार चलाएमान हुनुपर्नेमा जोड समेत दिए । अध्यक्ष घिमिरेले पार्टी संम्बद्ध संगठनको क्रियाशीलताले नै गएका स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले सबैभन्दा बढी सिट र मत प्राप्त गर्न सफल भएको बताए । उनले पाल्पा जिल्लामा एमालेको विरासत कायम राख्न भातृ संगठनहरुको भूमिका उच्च रहेको समेत बताए ।
बैठकमा पार्टी सचिव भोजराज पोखरेल (रामजी)ले सबै जनवर्गीय संगठनहरु क्रियाशील भएर पार्टीको अभियानमा सहयोग गर्नुपर्ने बताए । उनले नियमित बैठक बस्ने, कार्ययोजना निर्माण गरी काम गर्दा संगठन सक्रिय देखिने बताउदै अधिबेशनका बेला पदका लागि मात्र मरिहत्ते गर्ने पछि काम नगर्ने बानी सुधार गरेर संगठनको मर्म अनुसार काम गनुपर्ने बताए । सचिव पोखरेले आगामी फागुन १५ गते भित्र बैठक नबसेका जनवर्गीय संगठनहरुको बैठक राख्न निर्देशन समेत गरे ।
बैठकमा उपस्थित विभिन्न जनवर्गीय संगठनका इन्र्चाज, अध्यक्ष तथा प्रतिनिधिहरले पछिल्लो समयमा संठनहरुले सम्पादन गरेका गतिविधि, संगठनको अवस्था, चुनावी अभियानमा खेलेको भूमिका र आगामी कार्ययोजना बारे जानकारी गराएको कार्यलय सचिव दीपक विश्वकर्माले जानकारी दिए ।
बैठकले पार्टीको वैचारिक तथा सांगठानिक सुदृढीकरणका लागि आगामी फागुन १ गतेदेखि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान प्रभावकारी रुपम सम्पन्न गर्न आफ्नो संगठनलाई क्रियाशील बनाउने, विभिन्न संगठनको हुन लागेको केन्द्रीय महाधिबेशनलाई मितव्ययी भएर सहभागिता जनाउने निर्णय गरेको संयन्त्रका प्रमुख तथा पार्टी सहसचिव टीकाबहादुर थापाले बताए । एमालेका २२ वटा विभिन्न विषयगत जनवर्गीय संगठन रहेका छन् ।


प्रकाशित : २०७९ माघ २८ गते २०:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology