टर्की –सिरियाको सीमा क्षेत्रमा भएको भुकम्प पीडितलाई कतारी जनताको सहयोग

Kandara News
प्रकाशित : २०७९ माघ २९ गते १९:००

दोहास्थित सिरियाली दूतावासले कतार च्यारिटीसँगको सहकार्यमा यस साताको विनाशकारी भूकम्पबाट प्रभावित परिवारका लागि कतारका जनताबाट राहत सामग्री र आर्थिक चन्दा प्राप्त गर्न थालेको छ ।

सिरियाली दूतावासका चार्ज डी अफेयर्स डा. बिलाल टर्किएहले प्रभावित सिरियाली जनताको लागि समयमै मानवीय सहयोग गरेकोमा कतार च्यारिटीलाई धन्यवाद दिए। त्यसमध्ये विगत १२ वर्षदेखि आफ्नै मातृभूमिमा विस्थापित भएकाहरू पनि छरपस्ट आश्रय र पालमा बस्दै आएको उनले बताए।

टर्की–सिरियाको सीमा क्षेत्रमा भएको भीषण क्षतिका कारण हालसम्म उक्त क्षेत्रमा प्रभावितलाई बचाउन र सहयोग गर्न मेसिनरी नपुगेको उनले बताए ।

उनले समयमै सहयोगले भग्नावशेषमा फसेका हजारौं घाइते तथा अन्य खाँचोमा परेका व्यक्तिको ज्यान बचाउन सक्ने भएकाले बाँच्ने सम्भावना मिनेट–मिनेट कम हुँदै गएको बताए ।

उनले भूकम्पले साल्किन उपजिल्लाको अस्सी नदीमा पानीको बहाव नराम्ररी प्रभावित भएको र रुस्तान बाँध खोल्दा झण्डै एक हजार घर डुबानमा परेको र सात हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको बताए । हालसम्म आइपुगेका प्रतिवेदनमा दुई शक्तिशाली भूकम्पले ३ हजार ६५० भन्दा बढीको ज्यान गएको, ७ हजार २ सयभन्दा बढी घाइते, १ हजार ६ सय ७८ भवन पूर्णरुपमा ध्वस्त र करिब ५ हजार ६ सय भवन आंशिक रूपमा ध्वस्त भएको देखाएको छ ।

उनले सिरियाको यो कठिन समयमा सहयोग पु¥याएकोमा कतार च्यारिटीलाई धन्यवाद दिए । कतार च्यारिटीले सिरियाली दूतावासमा आफ्नो नगद चन्दा बाकस राखेको छ र राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरेको छ ।

कार्यवाहक डा. बिला टर्कीयेहले सबै दाताहरुलाई हिउँदका कपडा, बालबालिका, महिला तथा पुरुषका लागि जीवनका आधारभूत अत्यावश्यक वस्तुहरु नाम स्पष्ट उल्लेख सहित छुट्टाछुट्टै कार्टुनमा दान गर्न विनम्र अनुरोध गर्नुभएको छ ।

उनले टेन्ट, कम्बल, सुत्ने झोला, क्यान्ड खानेकुरा, बालबालिकाका लागि खानेकुरा, स्यानिटरी तथा हाइजीन किट, डायपर, हिटर, जेनेरेटर जस्ता वस्तुहरू उदाररुपमा दान गर्न अपिल गरेका छन् ।

सिरियाली दूतावास भवन ७५, स्ट्रीट ८०९, जोन ६६, ओनाइजा स्ट्रीट, दोहामा अवस्थित छ।


प्रकाशित : २०७९ माघ २९ गते १९:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology