नवलपरासीमा विद्यालय बन्द गरेर शिक्षक बिहेभोजमा

रविन चापागाईं
प्रकाशित : २०७९ फागुन ५ गते २१:४८

बिध्यालय बन्द गरेर शिक्षक बिहेभोजमा
नवलपरासी
दिउँसो झण्डै १ बजेर २० मिनेट गएको हुँदोहो बर्दघाट ३ मा रहेको जानकी प्राविमा फागुन ४ गते विहिवार पुग्दा विद्यालय बन्द थियो । नत आज कुनै सार्वजनिक विदा नत स्थानिय विदाको सुचनानै ।

विद्यालयमा न शिक्षक थिए नत विद्यार्थीनै । एकाएक विद्यालय बन्द भएको पाएपछि कारण बुझ्नका लागि निकै उत्सुक बनायो । जब कारण बुझियो निकै अच्चम लाग्ने खालको थियो । विहान देखी विद्यालयमा पढाई भएकै थियो तर १ बजे पछि भने विहेभोज खानकै लागि विद्यार्थीलाई छुट्टी दिईएको रहेछ ।

विद्यालयमा स्थानिय रुपमा विदा दिनुपर्ने भए नगरपालिकाको शिक्षा शाखामा जानकारी गराउनुपर्ने प्राब्धान छ । जब विनाकुनै जानकारी विद्यालय बन्द गरिएको खबर नगरपालिकामा पुग्यो तब उप प्रमुख रुद्रप्रकाश उपाध्याय, शिक्षा शाखाका प्राविधिक धनपती पौडेल सहितको टोली विद्यालयमा पुग्यो ।

अनुगम टोली विद्यालयमा पुग्दा ३ बजेको थियो । त्यतिनैवेला विद्यालयका प्रधानाध्यापक बहुरन प्रसाद कुर्मी मोटर साईकल कुँदाउँदै विद्यालयमा आईपुगे । प्रअ कुर्मीलाई विद्यालय किन बन्द गरेको भन्ने प्रश्न गर्दा उनले सहजै जवाफ दिए “आज मेडमको छोरीको विहे थियो त्यसैले सबै विद्यार्थीलाई विदा दिएर भोज खान गएको ।”

विद्यालय बन्द गरेर भोजमा जान पाईन्छ त भन्ने प्रश्नमा उनले भने “विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्यूले नै विदा दिने भन्नुभयो त्यसैले विदा दिएको हो पछि अरु विदामा कटाएर मिलाईन्छ ।” प्रअ कुर्मीले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विरबहादुर लामिछाने बन्द गर्न भनेकोले बन्द गरेको पटक पटक दावी गरिरहेका थिए ।

अनुगमनमा पुगेका उप प्रमुख रुद्रप्रकाश उपाद्यायले विद्यालयले शिक्षा शाखामा जानकारी नगराएको र कुनै निर्णय नगरेको पाईएको बताउनुभयो । उहाँले शिक्षा शाखालार्इं त्यस बारेमा स्पष्टिकरण लिन निर्देशन दिनुभयो । शिक्षा शाखाका प्राविधिक धनपती पौडेलले विद्यालय बन्द भएको बारेमा आफुहरुलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले विना जानकारी विद्यालय बन्द गरेकोमा आवश्यक कारबाही प्रकृया अगाडि बढाईने बताउनुभयो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको विषयको बहस चलिरहेकोवेला यस प्रकारको घटनाले लज्जास्पद बनाएको छ ।


प्रकाशित : २०७९ फागुन ५ गते २१:४८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology