एक हप्ते उद्यमशीलता व्यवसाय सचेतना तालिम सहलकोटमा सम्पन्न ।।

प्रेम बहादुर बाकाबल
प्रकाशित : २०७९ फागुन ७ गते २२:१८

एक हप्ते उद्यमशीलता व्यवसाय सचेतना तालिम सहलकोटमा सम्पन्न
प्रेम बहादुर बाकाबल
२०७९ फागुन , ७, निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत एक हप्ते उद्यमशीलता विकास व्यवसाय सचेतना तालिम सम्पन्न भएको छ।
निस्दी गाउँ पालिका मित्याल पाल्पाको आयोजनामा सन्चालन भएको तालिमको अध्यक्ष वडा नम्बर २ का वडा सदस्य टेकबहादुर चुहान रहनुभएको हो। तालिमको उदघाटन गर्नुहुदै चुहानले स्थानीय तहमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरि गरिबी निवारणका लागि निस्दी गाउँ पालिकाले विभिन्न खाले लघु उद्यम कार्यक्रम ल्याइरहेको र यस्ता कार्यक्रम मार्फत निस्दिका जनताहरुलाइ समृद्ध बनाउने लक्ष्य राखेको हुनाले तालिम पछि उद्यमी बनी आयमुलक कार्यमा जोडिन अनुरोध गर्नुभयो ।
सहयात्रा विकास केन्द्र नेपालका व्यवस्थापक राजेन्द्र पाण्डे ले तालिमलाइ तालिममा मात्रै सिमित नराखी व्यबहारमा उतार्न अनुरोध गर्नुभयो । उहाँले नेपाल सरकारले कुनै न कुनै माध्यमबाट हामी माझ विभिन्न खाले तालिमहरु ल्याएका छन् । अब निर्वाहमुखी नभइ व्यवसायीक ढङ्गले लाग्नुपर्ने बताउनुभयो ।
एक हप्ते सहजीकरण तालिमले छकमाया रानाको संयोजकत्वमा सात सदस्यीय भाङ्गबारी सस लघु उद्यम समुह , उममाया सोतिको संयोजकत्वमा बार्ह सदस्यीय आसुम मुढा लघु उद्यम समूह, जैसरा दर्लामिको संयोजकत्वमा एघार सदस्यीय लिन्दी सर्फ साबुन लघु उद्यम समूह र गौमाया बाकाबलको संयोजकत्वमा सात सदस्यीय मौलादेवी दालमोठ लघु उद्यम समूह गठन गरेको छ।
एक हप्ते तालिमको सहजीकरण निस्दी गाउँ पालिकाका उद्यम विकास सहजकर्ताद्वय पुष्पा चौधरी र यमुना कार्कीले गर्नुभएको हो।


प्रकाशित : २०७९ फागुन ७ गते २२:१८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology