पाल्पामा भईरहेको १४औं पाल्पा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको तेक्वान्दो छनोट प्रतियोगिता सम्पन्न

Kandara News
प्रकाशित : २०७९ फागुन ८ गते २१:४०

पाल्पा जिल्ला खेलकुद विकास समितिको आयोजनामा र माथागढी गाउँपालिकाको सहकार्यमा मिति २०७९ फाल्गुन ७ गतेदेखि ९ गतेसम्म माथागढी गाउँपालिका, सराई, पाल्पामा भईरहेको १४औं पाल्पा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता – २०७९ मा आई.टि.एफ्. तेक्वान्दोको छनोट खेल सम्पन्न भएको छ। उक्त प्रतियोगितामा १० पालिकाबाट १०० बढि खेलाडीहरुको सहभागी रहेको जिल्ला खेलकुद विकास समितिका सदस्य श्याम बहादुर गाहा मगरले जानकारी दिनुभयो।
उक्त प्रतियोगितामा ३५-४० के.जी. तौलसमूहमा महिला एकल स्पायरिङ्गतर्फ माथागढी गाउँपालिकाकी कन्चन गाहा प्रथम, तानसेन नगरपालिकाकी अनिसा थापा दोस्रो र रैनादेबी गाउँपालिकाकी एन्जल बगाले र रामपुर नगरपालिकाकी लेनीम गाहा तेस्रो भएकी छिन् । त्यसैगरी महिला ४१-४५ तौलसमूहमा पूर्वखोला गाउँपालिकाकी एलिसा घर्तिमगर प्रथम, रम्भा गाउँपालिकाकी प्रशंसा पाठक दोस्रो, माथागढी गाउँपालिकाकी तामांना घर्तिमगर र तानसेन नगरपालिकाकी आरमित्मा मल्ल तेस्रो भएकी छिन् । महिला ४६-५० तौलसमूहमा तानसेन नगरपालिकाकी गोमा राना प्रथम, पूर्वखोला गाउँपालिकाकी महिमा बारघरे दोस्रो, माथागढी गाउँपालिकाकी दिपिका थापा र रम्भा गाउँपालिकाकी शृष्ति सुर्यबंशी तेस्रो भएकी छिन्। त्यसैगरी पुरुष एकल स्पायरिङ्ग तर्फ ३६-४० तौलसमूहमा बग्नासकालीका युबिन राना प्रथम, तानसेन नगरपालिकाको रमित पुन मगर दोस्रो, पूर्वखोला गाउँपालिकाको विजय पुन र रैनादेबी गाउँपालिकाको सुलब राना तेस्रो भएका छन् । ४१-४५ तौलसमूहमा तानसेन नगरपालिकाको रजन रेग्मी प्रथम, रम्भा गाउँपालिकाको रिमो सिङ्गजाली दोस्रो, रैनादेबी गाउँपालिकाको सुदर्शन रेग्मी र पूर्वखोला गाउँपालिकाको प्रेम सिंह सिङ्गजाली तेस्रो भएका छन्। त्यस्तै ४६-५० तौलसमूहमा पूर्वखोला गाउँपालिकाको प्रविन झेदी प्रथम, रिब्दीकोट गाउँपालिकाको भुमबिर गाहा, रम्भा गाउँपालिकाको नर्जन सिङ्गजाली र रामपुर नगरपालिकाको लाल पति थापा तेस्रो भएकाे पाल्पा जिल्ला आई.टि.एफ्. तेक्वान्दो संघका अध्यक्ष निर बहादुर सारुले जानकारी दिनुभयो।
यस प्रतियोगितामा प्रथम हुने खेलाडीहरु लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा भाग लिने आई.टि.एफ्. तेक्वान्दो खेल छनोटको मुख्य निर्णायक कृष्ण थापाले‌ बताउनुभयो ।


प्रकाशित : २०७९ फागुन ८ गते २१:४०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology