नगर गाैशालामा फागुन ९ देखि भागवत तथा सप्ताह ज्ञान प्रवचन हुँदै ।।

रमा भण्डारी
प्रकाशित : २०७९ फागुन ८ गते २१:४६

नगर गाैशालामा फागुन ९ देखि भागवत तथा सप्ताह ज्ञान प्रवचन हुँदै ।।
फागुन ९ गते रमा भण्डारी रामपुर पाल्पा

रामपुरकाे नगर गाैशालामा फागुन ९ गते देखि १५ गते सम्म सचालन हुने श्रीमद भागवत कथा सप्ताह ज्ञान प्रवचन यज्ञ काे जानकारीकाे लागि आज पत्रकार भेटघाट कार्यक्रम भएकाे छ ।नगर गाैशाला व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्याैपानेकाे अध्यक्षतामा भएकाे पत्रघाट भेटघाट कार्यक्रममा ७ दिन सप्ताहकै रुपमा विधि पुर्वक कार्यक्रम गर्न बताउनु भयाे ।कार्यक्रममा ७ दिन सम्म करीव ८ लाख देखी १० लाख सम्म खर्च हुने अनुमान गरिएकाे बताउनु भयाे । यश यज्ञमा धर्मकाे रक्षा र गाैप्रवचन तथा गाईकाे महत्त्व का विषयमा प्रबचन हुने बताउनु भयाे ।कार्यक्रममा अध्यक्ष न्याैपानेले महायज्ञबाट जम्मा भएकाे ७५ प्रतिशत रकमकाे अक्षयकाेष स्थापना गर्ने व्याजबाट गाईलाई दानाकाे व्यवस्था गर्ने र २५ प्रतिशत नगरगाैशाला मा मर्मत गरने बताउनु भएकाे छ । कार्यक्रममा विहान ७ बजेबाट पुजा अारधना ११ बजे सम्म र मधयान्ह साढे १२ बजेबाट ४ बजे सम्म कथा प्रवचन हुने र साझ ४ बजे देखि ५ वजे पछि प्रसादि वितरण साझ ७ बजे देखि १० बजे सम्म भजनकृतन हुने बताउनु भयाे । पत्रकार भेटघाटमा यज्ञ अबधिभर सुरक्षा व्यवस्था लाई व्यवस्थापन गर्ने बताउनु भयाे ।कार्यक्रममा पर्टकिय तथा धार्मिक क्षेत्रकाे रुपमा परिचित गराउदै गाईकाे महत्वलाई बुझाउने लक्ष्य का साथ भागबत प्रबचन प्रखर बाचिका राधिका दासी जिकाे मुखारविन्दबाट सङ्गितमय शैलिमा भजन कृतन हुने पनि आयाेजकले जनाएकाे छ ।यज्ञलाई भव्य र सब्य रुपमा सम्पन्न गर्नका लागि नगर पालिका भित्रका महिला समूह हरुले दुनाटपरी बत्ति तरकारीहरु सहयाेग गर्ने पनि बताउनुुु भएकाे छ । मगलबारबाट शुरु हुने नगर गाैसालाकाे आयाेजना तथा रामपुर नगरपालिकाकाे सरक्षकमा ताताेपानि धाममा हुने सप्ताह ज्ञान तथा प्रवचन यज्ञ काे सम्पुर्ण तयारी पूरा भएकाे आयाेजकले जनाएकाेे छ ।समितिका सदसय पिताम्बर भण्डारी काे स्वागतबाट शुरुभएकाे कार्यक्रमकाे सन्चालन समितिका सचिव बासुदेव ढकालले गर्नु भएकाे हाे ।पत्रकार भेटघाटमा सहभागी पत्रकारले राखेकाे जिज्ञाशा अध्यक्ष न्याैपानेले जवाफ दिनुभएकाे थियाे । यज्ञकाे मगलबार फागुन ९ गते रामपुर ६ काे बुद्वपार्कबाट झाकि सशित कलशयात्रा शुरु गरेर तालपाेखरा परिक्रमा गरि गाैशालामा पुगेर कार्यक्रममा परिणत हुने बताउनु भएकाे छ ।अाज ताताेपानि धाम नगर गाैशालामा ध्वाजापतकाले सजिसजाउ गरि बेहुलि झै सिगारिएकाे छ ।नगरगाैशालामा सदस्य बन्न ईच्छुक हरुले ५१ सय सहयाेग गरेर आजिवन सदस्य १० हजार सहयाेग गरेर विशिष्ट सदस्य बन्ने प्रावधान रहेकाे जनाएकाे छ ।


प्रकाशित : २०७९ फागुन ८ गते २१:४६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology