जन उज्ज्वल आधारभुत विद्यालको ५७ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।

Kandara News
प्रकाशित : २०७९ फागुन १० गते ८:२९

जन उज्ज्वल आधारभुत विद्यालको ५७ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।
पूर्वखोला गाउँपालिका वडा न ३ अर्खलडाँडामा रहेको जन उज्ज्वल आधारभुत विद्यालयको ५७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस फागुन ९ मा सम्पन्न भएको छ । ५७ औं बार्षिकोत्सवको प्रमुख अतिथि उद्बुद्ध कलेज प्रमुख हरिप्रसाद न्यौपाने र विशिष्ट अतिथि बासुदेव न्यौपानेले कार्यक्रमको पानसमा बत्ती तथा व्यानर खोली कार्यकमको समुद्घाटन गर्नु भएको हो । कार्यक्रमका मुख्य पाहुना हरिप्रसाद न्यौपानेले विद्यालयको बार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य राख्दै । न्यौपानेले वालबालिकाहरु घरको बाबा संग बन्दा आमा संग घुलमिल हुने हुदा घरको आमाले वालबालिकाको शिक्षाको लागि घरमा वातावरण मिलाउन सकियो भने वालवालिकाको शिक्षामा सुधार आउने बताउनु भयो । उहाँले एउटा शिक्षकले गलत शिक्षण गरियो भने विद्यार्थीले त्यसलै सत्य मान्ने हुदा शिक्षकले आफुले तयार गरेर मात्र शिक्षण गर्नु पर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि पूर्वखोला गाउँपालिका वडा न ३ वडा सद्स्य बासुदेव न्यौपानेले शिक्षाको मुल जग भनेकै विद्यालय भएकाले विद्यालयको शैक्षिक गुणस्तरको लागि विद्यार्थी – शिक्षक – अभिभावक को महत्वपूर्ण भुकिका हुने बताउनु भयो । न्यौपानेले स्थानिय तह विद्यालयको शैक्षिक सुधारको लागि विभिन्न कार्यक्रमहरु अगाडि ल्यायको बताउदै यस विद्यालको शैक्षिक तथा भौतिक विकासको लागि वडाले सकेको पहल गर्ने बताउनु भयो ।

कार्यक्रमा पूर्वखोला ईलाका प्रहरी कार्यालय प्रमुख , जनशान्ति माद्यामिक विद्यालयक शिक्षक दुर्गा चौहान समाजसेवी खुम बहादुर पाटा अतिथि हरु पूर्ण बहादुर फाल, हुम वहादुर आले , भवानी शंकर पंगेनी , गिता काफ्ले , रिखिराम पंगेनी लगाएतले विद्यालको ५७ औं वार्षिकोत्सबको अवसरमा शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पंगेनीले विद्यालयको शैक्षिक ,भौतिक र आर्थिक पक्षको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
त्यसतै कार्यक्रमम जगा दाता सावित्रा पंगेनी, अक्षकोस दाता ललि सरा बारघरे पंगेनी , खुम बहादुर पाटा , हरिप्रसाद न्यौपानेले विद्यालयमा अक्षकोस स्थापना गर्नु भएकोमा थियो । विद्यालयमा सहयोग गर्नुहुनेलाई विद्यालयले दोसल्ला र प्रमाण पत्रले सम्मान गरेको थियो । कार्यक्रममा विहान सरस्वती पुजा ,प्रभातफेरी , पुरस्कार वितरण , विद्यार्थीहरु बाट प्रस्तुत सास्कृतिक कार्यक्रमहरु भएको थियो ।
५७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम नारायण पंगेनीको अध्यक्षतामा भएको कार्यक्रम सहायक प्र अ छविलाल पंगेनीको स्वागत तथा शिक्षक डिल्ली पंगेनीको संचालनमा भएको हो ।


प्रकाशित : २०७९ फागुन १० गते ८:२९

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology