श्रीमद भागबत कथा सप्ताह प्रबचन यज्ञ गौशालामा संचालन हुदै ।

रमा भण्डारी
प्रकाशित : २०७९ फागुन १० गते २०:१५

श्रीमद भागबत कथा सप्ताह प्रबचन यज्ञ गौशालामा संचालन हुदै ।
फागुन १० रमा भण्डारी रामपुर पाल्पा
श्रीमद भागबत कथा सप्ताह प्रबचन यज्ञ हिज बाट नगर गौशालन मा शुरु भएको छ । रामपुर ६ तातोपानि धाम नगर गौशालामा फागुन ९ गते देखि १५ गते सम्म संचालन हुने यज्ञको फागुन ९ गते रामपुर ६ बुद्वपार्कबाट शूरु भएर झाकि सहित कलशयात्रा तालपोखरा हुँदै गौशालामा आएर कार्यक्रममा परिणत भएको थियो ।
झाकि मा यस क्षेत्रमा रहेका विभिन्न आमासमुह ,कुमाल समूह,माझी समूह मगर समूह ब्राह्मण समुहको आ आफ्नै संस्कृति झल्कन भेषभुष झल्कने पहिरनमा आ आफ्नै झाकि भजनकृतन पन्चेबाजा झयाउरे लगायतको झाकि सहित कलशयात्रा गरेको थियो।
नगर गौशाला सन्चालन समितिका उपाध्यक्ष ठानेश्वर अधिकारीको स्वागत बाट शुरु भएको उत्त कार्यक्रममा प्रखर बाचिका राधिका दाशि ज्युको मुखारविन्द बाट संगितमय शैलिमा फागुन १५ गते सम्म प्रवचन गर्नु हुनेछ ।
उद्घाटन सत्रका मुख्य पाहुना लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ रहनु भएको थियो । कार्यक्रममा हिन्दु सस्कृतिमा हुर्किएका हामी सबैलाइ जन्म देखि मृत्यु सम्म गौमाताको महत्व रहेको भन्दै गहत, दुध र गोवर विना कार्य शुद्ध नहुने तथा गाइको धार्मिक महत्व रहेको बताउनु भयो । उहाले जतिनै कमाए पनि खानि त दालभात हो हामी जिन्दगिमा आनन्दित हुनु पर्छ भन्नू भयो ।कार्यक्रममा फरक प्रसङ्ग मा वहाले कालिगणडकिको महत्व का विषयमा बोल्दै कालिगण्डकि डाईबर्सन कुनै पनि हालतमा गर्ने दिन नहुने भन्दै आफु डाईर्भसनको विरुद्धमा अघि बढ्ने बताउनु भयो । कार्यक्रममा पनिजहाज चलाउन देवघाट देखि राम्दि सम्म चलाउनका लागि डिपियार भईसकेको र सर्वे पनि भईसकेको बताउनु भयो ।विश्वकै एकमात्र शालिकराम पाईनि नदि काली गण्डकिको महिमा बचाईराख्न हामी सबै लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा रामपुर नगर उपप्रमुख बालकुमारी थापाले बोल्दै गाउघरमा हेलित्व भएर रहेका गौमातालाई सम्मान गर्नका लागि व्यवस्थापन गर्नु पर्छ भनेर नगरपालिकाकाले गौशालाको स्थापना गरेको बताउनु भयो ।भौतिक सरचना हरुत भईरहेका छन । गाई तथा लक्ष्मि माता को सरक्षणकालागि नगरले जतिबेला पनि सहयोग गर्ने बताउनु भयो।कार्यक्रममा वडा नम्वर ६ का वडा अध्यक्ष दिवाकर देवकोटा लगायतले बोल्नु भएको हो । कार्यक्रमको संचालन समितिका सचिव बासुदेव ढकालले गर्नु भएको थियो । आज दोस्रो दिन भक्तजनहरुको उल्लेखनिय सहभागिता रहेको थियो । नगर गौशालाको आयोजना तथा रामपुर नगरपालिकाकोे संरक्षणमा यज्ञ भएको हो ।


प्रकाशित : २०७९ फागुन १० गते २०:१५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology