पाल्पाली सेवासमाज दोहाकतार द्धारा उद्बुद्धमा ५१ हजारको अक्षयकोष हस्तान्तरण ।


प्रकाशित : २०७९ फागुन १६ गते २१:१४

पाल्पाली सेवासमाज दोहाकतार द्वारा बिद्यालयलाई अक्ष्यकोषको स्थापना ।
कतारमा रहेका सम्पुर्ण पाल्पालीहरुको साझा संस्था पाल्पाली सेवा समाज दोहा कतारले उद्बुद्द उच्च माध्यामिक बिद्यालय पूर्बखोला पाल्पामा गरिव तथा जेहेन्दार बिद्यार्थीहरुको सहयोगार्थ अक्ष्यकोषको स्थापना गरेको छ ।

१६ फागुन २०७९ मंगलबारका दिन विद्यालयको अभिभावक भेलाको अवसरमा एक कार्यक्रमका बीच रू ५१ हजार रुपैयाँ बरावरको अक्ष्यकोषको स्थापना गरेको समाजका सचिव बिकास गैरेले कन्दरा न्युज डटकमलाइ बताए ।

सचिव गैरेले हामिसङ्ग कुरागर्दै भनेका छन बिदेशमा रहेर आफ्नो डिउटी सकिएपछि बचेको समयलाइ सदुपयोग गरि केही रकम जुटाइ यसरी अक्ष्यकोषको स्थापना गर्न पाउँदा अत्यन्त खुशी छौ ।उनले थप्दै भने साच्चिकै हामी पाल्पालीहरुको मन ठूलो छ ।

पाल्ला जिल्ला भित्रका सबै पालिकाका उत्कृष्ट बिद्यालयहरुमा पनि पछि क्रमशः यसप्रकारको अक्ष्यकोष स्थापना गर्ने कार्यसमिति को बैठक बाटै निर्णय भैसकेको र कार्यनयन गर्ने चरणमै रहेको पनि समाजका अध्यक्ष महल बहादुर केसि ले जानकारी गराएका छन ।

समाजका सचिव बिकास गैरे मार्फत समाजले पठाएको उक्त रकम पूर्बखोला गाउपालि ओडा नम्बर ३ का अध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भट्टराई ,विद्यालय व्यावस्थापन समितिका निबर्तमान अध्यक्ष निलकण्ठ भट्टराइ र विद्यालयका प्रधानाध्यापक पितम्बर न्यौपाने लाई हस्तान्तरण गरेका थिए ।

अक्ष्यकोष रकम ग्रहण गर्दै बिद्यालयका प्रधानाध्यापक र विद्यालय व्याबस्थापन समितिका अध्यक्ष दुबैजानाले उक्त रकमको ब्याजबाट बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराइने बताएका थिए ।

समाजले रोजगारीका सिलसिलामा कतारमा रहेका पाल्पालीहरुसँग दक्ष अनुसारको सहयोग रकम जुटाई पाल्पालीहरुको दुख-सुखमा सहयोग गर्दैै आएको छ। अक्षयकोष स्थापनासँगै समाजले बिभिन्न किसिमका प्रणघातक बिरामीहरुको उपचार्थ सहयोग रकम,रक्तदान,मेडिकल क्याम्पियन जस्ता सामाजिक काममा पनि सहयोग गर्दै कतारमा स्थापिम सम्पुर्ण संघ-सस्थाहरुसंग पनि समन्वय गर्दै आएको छ ।

समाजका महासचिव रामलाल खातीले रोजगारीको सिलसिलामा कतार जानु अघि कुनै द्धिबिधा रहेमा वा कतार पुगेपछि पनि कुनै समस्या परेमा सहयोगको आवस्यकता परेमा समाजमा सिधै सम्पर्क गर्न आग्रह गरेकाछन ।
कार्यक्रममा विद्यालयका सह-प्रधानध्यापक सुशील न्यौपाने,ब्लक इनचार्ज सन्कर न्यौपाने , सुदिप खनाल, डिलबहादुर नेपाली ,बासुदेब न्यौपाने,पसुपती भट्टराई,झमान सिंह ढेङ्गा,मनोहर पन्थी, रेशम आचार्य ,शालिकराम पङ्गेनी,अभिभावकहरु तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टराई तथा विद्यालय प्रधानध्यापक न्यौपानेले सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमक विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भट्टराई को अध्यक्षतामा सञ्चालन भएको थियो भने सहजिकरण विद्यालयका शिक्षक अनन्त पाण्डे ले गरेका थिए ।।


प्रकाशित : २०७९ फागुन १६ गते २१:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology