फागु संरक्षणमा जुटे तानसेनका युवा

जनक राज भट्टराई
प्रकाशित : २०७९ फागुन २१ गते २०:४१

फागु पूर्णिमा रङहरूको पर्वका रुपमा मनाइने होली पर्व पनि हो । बसन्त ऋतुको आगमनसँगै रङ खेलेर उल्लासपूर्ण रुपमा देशभर होली पर्व मनाउने गरिन्छ । असत्यमाथि सत्यको जीतको रुपमा होली पर्व मनाउँदै आइएको पाइन्छ । आपसमा रङहरू दलेर खुशीयाली साटासाट गरेर मनाइने पर्वमा जसरी विभिन्न रङहरूको महत्व रहन्छ, त्यसरी नै समाजमा सबै जाति–भाषा, लिङ्ग, वर्ण तथा समुदायको सम्मिश्रण सुहाउँछ भन्ने मर्म यस पर्वले बोकेको छ । भातृत्व र आपसी सद्भावको पर्व–हालीको रौनक विभिन्न क्षेत्रमा सुरु भइसकेको छ । विभिन्न स्थानमा संस्कार अनुसार होलीको उत्सव सुरु भएको छ ।
यस पर्वलाई मेलमिलाप, आपसी भाइचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाउनु पर्ने हो, तर अहिले केही भड्किलो भएर जाँदैगरेको अनुभूती हुन्छ । नेपालमा पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ । हिन्दु संस्कृतिमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फागु खेल्न को लागि युवाहरू जम्मा भएर स्थानीय खैजेडी,ट्याम्को,ढोलकी र मजुरा जस्ता बाजा बजाउदै घर घरमा गित गाउदै हिड्ने पुरानो चलन छ । तर पछिल्लो समय आएर यो पर्व अलि भड्किलो र फरक हुँदै जान लागेको छ । यहि लोप हुन लागेको फागु पर्व जोगाउन लागि परेका छन पाल्पा तानसेन १३ का स्थानीय युवा ।कामको सिलसिला मा गाउँ भन्दा बाहिर रहेका युवा हरु अहिले गाउँमा आएर अग्रज को सहायता मा यो अभियान मा लागेको स्थानीय युवा मनोज भट्टराई बताउनुभयो । फागु खेल्दा रामायण मा भएका गाथा ब्याथा गाउन पर्दा आफुहरू लाई अलि गाह्रो भएको अभियान का अर्का युवा भेषराज बस्याल भताउनु हुन्छ ।


प्रकाशित : २०७९ फागुन २१ गते २०:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology