निस्दीमा स्नातकोत्तर उत्तीर्ण महिलाहरुलाई सम्मान

होम राई मगर
प्रकाशित : २०७९ फागुन २४ गते १९:०७

पाल्पा / २४ फागुन

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिका भित्र रहेका विभिन्न विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका १० जना महिलाहरुलाई सम्मान गरेको हो । सम्मानित व्यक्तित्वहरुलाई नगद ५ हजार रुपैयाँ,दोसल्ला र सम्मानपत्रले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनु भएको छ । कार्यक्रममा प्रमुख अतिथि महिला उत्थान अभियान्त गीता पाण्डेले सामाजिक बिकासमा महिलाहरुको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । महिलाहरुको हक र अधिकार प्राप्त गर्नका महिला आन्दोलनका उपलब्धिहरुलाई बिर्सन नहुने बताउनु हुँदै प्रमुख अतिथि पाण्डेले राजनीतिक चेतना समेत हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले आपसी सहकार्य गरि गाउँ,समाजको बिकास लाग्न सुझाव दिनुभयो । कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारी,वडा नम्बर-३,झिरुबासका वडाध्यक्ष नबिन्द्र थापा सोती,कार्यपालिका सदस्य मिम्श्री बयम्बु,सम्मानित व्यक्तित्व विष्णु राना लगायतकाले बोल्नुभएको थियो । गाउँपालिकाको बहुउद्देश्यीय सभा हलमा सम्पन्न भएको कार्यक्रममा निस्दीका ७ वटै वडाका विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियो ।

निस्दी गाउँपालिकाको आयोजना र निस्दी महिला समन्वय समितिको समन्वयमा सम्पन्न भएको कार्यक्रमको कार्यक्रमको सन्चालन बिमला आचार्यले गर्नुभएको हो ।


प्रकाशित : २०७९ फागुन २४ गते १९:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology