सहलकोटमा निशुल्क आँखा तथा प्रजनन शिविर सम्पन्न

प्रेम बहादुर बाकाबल
प्रकाशित : २०७९ फागुन २४ गते १९:१८

फागुन २४,
११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सहलकोटमा निशुल्क आँखा तथा प्रजनन स्वास्थ शिविर सम्पन्न भएको छ।
निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटका वडा अध्यक्ष फत्ते सिं दर्लामिको अध्यक्षतामा संचालन भएको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँ पालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको हो।
मुख्य पाहुना सारुले पालिकाले घरघरमा गएर जनतालाइ सेवा पुर्याउने लक्ष्यका साथ यो कार्यक्रम सन्चालन गरेको बताउनुभयो । सके पालिका एक्लैले नसके सेवा प्रदायक संस्था सङ्ग समन्वय गरेर भए पनि जनतालाई धेरै भन्दा धेरै सेवा प्रदान गर्दै सेवाको प्रत्याभूति दिने बताउनुभयो ।
शिविरमा जम्मा २०१ जनाले सेवा लाभ लिएका छन । जसमध्ये आँखा शिविर तर्फ पुरुष उनान्नब्बे र महिला बैसठ्ठी गरि कुल १ सय ५१ रहेका छन् । जसअनुसार २४ जनालाई निशुल्क चस्मा वितरण गरेको छ भने ९ जनामा मोतिया बिन्दु देखिएको छ।
मोतिया बिन्दु देखिएकाहरुका लागि यहि फागुन २८ गते रामपुरमा निशुल्क अप्रेसन गरिने कालीगण्डकी आँखा अस्पताल रामपुरका व्यवस्थापक सुन्दर रानाले बताउनुभयो ।
प्रजनन स्वास्थ शिविर अन्तर्गत ५५ जनाले VIA test गरेकोमा ४७ जना नेगेटिभ र ८ जना पोजिटिभ देखिएको छ। साथै १४ जनाले इम्पलान्ट र ४ जनाले आइ यु सि डि सेवा लिएका छन। त्यसै गरि ५ जनामा पाठेघर खसेको , ५ जनामा रिङ्ग पेसेसरी र ४ जनामा पाठेघरमा मासु पलाएको समस्या देखिएको छ।
शिविरमा १०२ जनाको रगत जाँच गरेकोमा सबैको नेगेटिभ आएको निस्दी गाउँपालिका स्वास्थ शाखा प्रमुख रेम दिशाले बताउनुभयो ।
शिविर निस्दी गाउँ पालिकाको आयोजना र लाकौल आँखा अस्पताल पाल्पा कालीगण्डकी आँखा अस्पताल रामपुर साथै नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको प्राविधिक सहयोगमा संचालन भएको हो।


प्रकाशित : २०७९ फागुन २४ गते १९:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology