रामपुर नगरपालिकाले मनायो ११३ औं श्रमिक महिला दिवस

रमा भण्डारी
प्रकाशित : २०७९ फागुन २४ गते १९:३५

रामपुर, पाल्पा
लैगिक समानताको बलियो आधार सृजनात्मक प्रवृतिमा महिला पहुचको विस्तार भन्ने नाराको साथ आज ११३ औ अन्तराष्ट्रिय नारी दिवस मनाईएको छ । रामपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रम नगर उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको हो ।वडा नम्बर ७ का वडा सदस्य दुर्गादेवि भण्डारी गौतमको स्वागतबाट शुरु भएकमे कार्यक्रमको मुख्य पाहुना सानासहरी खानेपानि तथा सरसफाई योजनाका कोषाध्यक्ष तथा नेपाली काङ्ग्रेस प्रसकमिटि सदस्य विष्णु माया ढकाल रहनु भएको हो ।कार्यक्रममा मुख्य पाहुना ढकालले बोल्दै सन् १९१० मा भएको महिलावादी आन्दोलन, अमेरिका मा त्यसवखत भएको महिला समानता अभियानको पुनरावलोकन न्यु योर्क सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता जस्तै कि काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै नारी दिवसको सुरुवात भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको बताउनु भएको छ ।

कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले बोल्दै समाज परिवर्तन गर्नै आर्थिक रुपमा सम्पन्न हुन जरुरी छ भन्दै आत्म निर्मर हुने खालका काममा लाग्नु पर्नै बताउनु भएको छ ।

२०२३ को नारी दिवसको नारा चाहिँ समान हिस्सेदारीको आत्मसाथ भन्ने अर्थ लाग्छ । समानतालाई ई क्वालिटी भन्दै पैरवी गरिएको पछिल्ला वर्षहरूमा निकै समानताका लहर चर्चा गरिन्थ्यो भने अब नारी पुरुषको समान हिस्सेदारीको पैरवी गर्न थालिएको छ । नारी र पुरुषले समान ऊर्जा र हिस्साका साथ अघि बढ्ने वातावरणका लागि विश्व समुदायको यस पहल साकार रहोस् ।कार्यक्रममा नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने इलाका प्रहरुी कार्यलयका प्रमुख लक्ष्मण देवकोटा नगर प्रवक्ता कपिल बहादुर खाण , अखिल नेपाल महिला संघ नगर अध्यक्ष दुर्गा देवि राना ,अखिल क्रान्तिकारी महिला संघ नगर अध्यक्ष गिता वि क ,काली गण्डकी फाउन्डेसन नेपालका उपाध्यक्ष पवित्रा पौड्याल ढकाल , पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सृजना घिमिरे , दियालो उदद्मि सामाजिक महिला सहकारी संस्थाका अध्यक्ष ईश्वरी देवि खनाल पुर्वि पाल्पा मजदुर व्यवस्थापन समिति उपाध्यक्ष सुमन खाम्चा ,समिना खातुन बाल्नु लगायतले बोल्नु भएको थियो । कार्यक्रममा ४ जना क्रियाशिल महिला पत्रकार रमा भण्डारी ,सृजना घिमिरे ,शुशिला रेग्मी र सिता डोटेल लाइ सम्मान पत्र र दोशल्लाले सम्मान गरेको हो । यसै गरी अन्य नगरपालिका क्षेत्रका उद्यमी महिला तथा कार्यक्रममा सहभागि महिला समुह गरी ४६ जनालाइ सम्मान गरेको छ । सहभागी महिला दिदीबहिनी र जनप्रतिनिधि बिच कुर्ची दौड खेल संचालन गरिएको थियो । दुइ चरणमा भएको खेलमा पत्रकार शुशिला रेग्मी र नगर उपप्रमुख बालकुमारी थापा पुरस्कृत हुनु भएको हो ।


प्रकाशित : २०७९ फागुन २४ गते १९:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology