नेपाल शिक्षक संघ पूर्वखोलामा ईश्वर आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

Kandara News
प्रकाशित : २०७९ फागुन २५ गते २१:५१

नेपाल शिक्षक संघ पूर्वखोलाको दोस्रो स्थानिय अधिवेशन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संघ पालिका अधिवेशनमा जिल्ला प्रतिनिधि निर्वाचन संयोजक टंकनाथ पोखरेलको संयोजकत्वमा सर्वसम्बत रूपमा ईश्वर आचार्यको अध्यक्षतामा नया कार्यसमिती गठन गरेको छ । जसको उपाध्यक्षमा यज्ञ प्रसाद पंगेनी र राधादेवी भट्टराई ,सचिव पदमा दिपक न्यौपाने ,सचिव अर्थमा बल बहादुर सारु, सह सचिब राधा भट्टराई ( गौतम), धनिमायाँ राज रामजाली , भोग बहादुर साठिघरे चयन हुनु भएको छ । त्यस्तै सद्स्य हरुमा मुक्तिनाथ पंगेनी ,प्रकाश देवकोटा, कृष्ण प्रसाद पंगेनी , सरस्वती न्यौपाने , वेद प्रकाश शर्मा डुम्रे, प्रीया थापा , भिम बहादुर साठिघरे, युवराज काफ्ले , लक्ष्मी आचार्य , मनु राना , लक्ष्मी घिमिरे, मन रुपा बस्याललाई चयन गरेको छ । नव गठित समितिलाई पदभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष रमेशचन्द्र न्यौपानेले सफल कार्यकालको शुभकामना व्यत्त गर्नुभयो । नेपाली काँग्रेस पूर्वखोला गाउँपालिका सभापती विष्णु माया आचार्य, केशव राज पंगेनी , महेन्द्र थापा ,शुन्दर गाहा लगाएतले सफल कार्यकालको शुभकामना सहित शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यस्तै भर्खरै स्थाई नियुत्ति लिएर आउनुभएकि शिक्षक राधा भट्टराई गौतमलाई सम्मान र बधाई ज्ञापन गरेको थियो ।


प्रकाशित : २०७९ फागुन २५ गते २१:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology