पूर्वखोला -३ मा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसमा कुर्ची दौड प्रतियोगिता सहित सम्पन्न

Kandara News
प्रकाशित : २०७९ फागुन २५ गते २२:२५

पूर्वखोला -३ मा ११३ औं अन्तरास्ट्रिय महिला दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी पूर्वखोला गाउँपालिका उपाद्यक्ष भागरथी भट्टराईले हरेक नारिहरुले हिम्मत गरेर अघाडी बढ्नु पर्ने बताउनु । उहाँले अवस प्राप्त भएको खण्डमा पुरुषले भन्दा राम्रो काम गरेर महिलाले पनि देखाउन सक्ने बताउदै हरेक क्षेत्रमा महिलाहरु कृयाशिल भएर अघि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा वडा न ३ वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई ले नारी एउटा शक्तिको केन्द्र पनि भएकाले नारीले हिम्मत नहारी अघि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा वडा सद्स्य देवी सरा गाहा, वडा सद्स्य बासुदेव न्यौपाने , उद्बुद्ध कलेज प्रमुख हरि प्रसाद न्यौपाने , नव प्रतिभा ऋण तथा सहकारी संथा पूर्वखोला शाखाका प्रमुख अनिल लामा , निविन आचार्य , विन्दु परियार लगायतले नारी दिवसको अबसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सोही अबसरमा कुर्ची दौड प्रतियोगिता समेत सम्पन्न भएको थियो प्रथम द्धितीय तृतीय लाई नव प्रतिभा ऋण तथा सहकारी संथाले पुरस्कार शौजन्य गरि वितरण समेत गरेको थियो । कार्यक्रम सीता न्यौपानेको अध्यक्षतामा विनु मायाँ पाटाको स्वागत र सम्झना न्यौपानेको संचालनमा भएको हो ।


प्रकाशित : २०७९ फागुन २५ गते २२:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology