फागु खेलेर संङ्कलन गरेको रकमबाट विद्यालयमा कापि र कलम वितरण

सिमा श्रेष्ठ
प्रकाशित : २०७९ फागुन २६ गते १५:४४

पुर्बखोला गाउँ पालिका ५ बिरकोट आफर डाँडा स्थित जनकल्याण आधारभुत बिद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई नवज्योति सृजनशिल युवा क्लबले फागु (होली) खेलेर जम्मा भएको रकमबाट कापी र कलम किनेर दिएको छ । क्लवका संयोजक मनोज कुमार जर्घा मगरले सानो कार्यक्रम भएपनि यस कामले भोज भतेर गरी पैसा सकाउने प्रवृत्ति लाई निरुत्साईत गर्दै राम्रो काम प्रति बिद्यालयका बालबालिका तथा समुदायका हरेक व्यक्तिले राम्रो काम गर्न मनोभावना जागोस बिचार बदलियोस भन्ने उदेश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक मन बहादुर गाहाको संचालन र विद्यालय व्यबस्थापन समितिका अध्यक्ष शिब बहादुर ठाडाको अध्यक्षतामा चलेको हो ।


प्रकाशित : २०७९ फागुन २६ गते १५:४४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology