पाल्पा दरबार परिसर बाहिर रहेका घर टहरा हटाइने ।

जनक राज भट्टराई
प्रकाशित : २०७९ फागुन २९ गते २२:०२

पुरातत्व विभागले माघ १० गते तानसेन नगरपालिकालाई पत्र लेख्दै तानसेन नगर विकासका लागि संरचनाहरु हटाउन सहजिकरणको अनुरोध गरे लगत्तै तानसेन नगतपालिका ले पाल्पा दरबार परिसर बाहिर रहेका घरसंरचना हटाइने भएको छ ।
सोमबार बसेको तानसेन नगरकार्यपालिकाको नवौं बैठकले सर्वपक्षीय क्षेत्र प्राप्त सुझाव र सल्लाह अनुसार पाल्पा दरबारको सौन्दर्यकरणका लागि दरबार परिसर मा रहेका ५७ घरटहरा हटाउने निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘पुरातत्व विभागको पत्र र यहाँको सर्वदलीय, सर्वपक्षीय छलफलको निष्कर्षका आधारमा कार्यपालिकाले यहाँको सौन्दर्यकरण तथा पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि ५७ घरटहरा भत्काउने निर्णय गरेको छ । अब ३५ दिने सूचना जारी गरि गरि प्रक्रिया अगाडी बढ्छ ।’


प्रकाशित : २०७९ फागुन २९ गते २२:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology