गुणस्तरीय स्वास्थ्य पोषणका लागि आफ्नै साथ कार्यक्रम सम्पन्न

सिमा श्रेष्ठ
प्रकाशित : २०७९ चैत १५ गते १७:३०

बिरकोट पाल्पा
गुणस्तरीय स्वास्थ्य पोषणका लागि आफ्नै साथ कार्यक्रम सम्पन्न भएको छ । पुर्बखोला गाउँ पालिका ५ बिरकोट स्वास्थ चौकीले १००० दिने आमाहरुका लागि गर्भ रहेदेखि बच्चा २ बर्षक‍ो उमेर सम्ममा कुनैपनि आमा र बच्चा नियमित जाच र नियमित खोप नछुटोस भन्ने उदेश्यले पुरै टोल,टोलमा यो कार्यक्रम गरेको कुरा बिरकोट स्वास्थ्य चौकीकी अहेब सुमा थापाले जानकारी गराउनु भयो । पुर्बखोला गाउँ पालिका ५ बिरकोटको टोल नः ४ को कोपिला स्वास्थ्य आमा समुहमा उहि टोलका महिला स्वास्थ्य स्वयम सेविका राममाया सिंजालीको सक्रियतामा पुरै टोलको नक्सा बनाई ९० घरघुरी भित्र रहेका ११ जना १००० दिने आमाहरुलाई टिकाको चिन्ह र संकेत प्रयोगात्मक रुपमा आ आफ्नै घर संकेतमा टिका टास्दै जाने कार्य भयो । आ आफ्नै घरको संकेतमा यी चिन्ह वा संकेत टासिएको थियो । गर्भवती महिलाको घरमा पुरै रातो टिकाले , २ बर्ष भित्रको बच्चा भएको घरमा आधीरातो टिकाले , १२ हप्ता भित्रमा गर्भ जाच गरेको छ भने आधी पहेलोले , गर्भवती महिलाले ८ पटक जाच गरेमा पुरै पहेलोले , स्वास्थ्य संस्थामा सुत्केरी गरेमा पुरै हरियो , ४ पटक सुत्केरी जाच गरेमा आधी हरियो , २८ दिन भित्रमा शिशुको मृत्यु भएमा पुरै कालो टिकाले , गर्भवती महिलाले नियमित आइरन चक्की नखाएमा आधी कालोले , र २ बर्ष सम्म बृद्वि अनुगमन गरेको पुरै निलो टिकाको संकेतले देखायो । यसरी काम अनुसारको संकेत थप्नलाई १००० दिने आमाहरुले राम्रो काम गर्दै आ आफ्नो घरमा टिका थप्न उत्सुकता जनाउदै नछुटाई कामगर्ने प्रतिबद्धता गर्नुभयो । यस कार्यक्रममा बिरकोट स्वास्थ्य चौकीकी अनमिन लक्ष्मी थापाले सहजीकरण गर्नुभयो ।


प्रकाशित : २०७९ चैत १५ गते १७:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology