पूर्वखोला कर्नेडाँडा १८ बर्षे युवकको झुण्डिएर मृत्यु भएको छ ।

Kandara News
प्रकाशित : २०७९ चैत १६ गते १७:१०

चैत १६
आज बिहान अन्दाजी ०९:०० बजेको समयमा पूर्वखोला गा.पा. ५ कर्नेडाँडा बस्ने राम बहादुर कामुको छोरा बर्ष १८ को बिमल काम्मु को झुण्डिएर मृत्यु भएको छ । घरदेखी अन्दाजी ४०० मिटर उत्तरतर्फ बारीमा रहेको खनियाँको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकरी गराएको छ ।

ई.प्र.का. पूर्वखोला र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटि प्रारम्भिक अनुसन्धान कार्य पश्चात शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल पाल्पामा पठाईएको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी गराएको छ ।


प्रकाशित : २०७९ चैत १६ गते १७:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology