नव निर्मित रामपुर अस्पताल हस्तान्तरण कार्यक्रम सम्पन्न

रमा भण्डारी
प्रकाशित : २०७९ चैत २२ गते १९:३२

चैत २२ रामपुर पाल्पा
नव र्नििमत रामपुर अस्पतालको आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । संघिय आयोजना कार्यान्वयन इकाइ रुपन्देहिको आयोजनामा आज नया रामपुर अस्पतालको भवन हस्तान्तरण गरेको हो । २०७२ साल कार्तिक १७ गते १९ करोड ५६ लाख ३२ हजार २ सय ५५ रुपैयामा निर्माणको लागि रविना कन्टक्सनज प्रा.लि. काठमाण्डौले सम्झौता गरेर ३ वर्षमा भवन निर्माण सम्पन्न गर्ने ठेक्का जिम्मा लिएको थियो । नया बनेको रामपुर अस्पतालको भवन २० करोड २ लाख ८२ हजार ९ सय ८६ रुपैयाको लागतमा सम्पन्न भवन १७ सय ६ वर्ग मिटरमा बनेको छ । ४ वटा ब्लक रहेको भवनको ४ युनिट स्टाफ क्वार समेत रहेको आयोजनाका निमित प्रमुख शुशिल रसायलीले बताउनु भएको छ । ३ वर्षमा सम्पन्न हुनु पर्ने अस्पताल कोरोना लगायतको समस्या ले म्याद थप भइ लामोसमय पछि सम्पन्न भएको बताउनु भएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालको अध्यक्षतामा भएको भवन हस्तान्तरण कार्यक्रमका मुख्य पाहुना लुम्विनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ रहनु भएको हो ।कार्यक्रममा संघिय आयोजना कार्यान्वन इकाइका निमित्त प्रमुख शुशिल रसायलीले निर्माण सम्पन्न भएको प्रमाणपत्र अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल र अस्पतालका प्रमुखलाइ नव निर्मीत भवन हस्तान्त्रण गर्नु भएको हो कार्यक्रममा मुख्य पाहुना प्रदेश सभा सदस्य श्रेष्ठले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा मुख्य पाहुना श्रेष्ठले ४ जिल्लाको संगम स्थलमा रहेको रामपुर अस्पताल अत्यन्तै महत्वपुर्णं रहेको बताउदै सबैको सहयोगबाट अस्पताल भवन निर्माण कार्य भएको बताउनु भएको छ । कार्यक्रममा वहाले २०५२ सालमा प्राथमिक स्वास्थ्य केन्द्र भएको रामपुर अस्पताल अहिले ५० शैयाको अस्पताल भएको र विभिन्न शुविधा हरु सहितको सेवा प्रवाह भएको छ । स्थानियलाइ अव टाढा उपचारका लािग जानुपर्नै समस्या समेत कम हुने बताउनु भयो । कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठले प्रदेश मातहतको अस्पताल भएको ले आफुले प्रदेशमा सक्दो पहल गर्ने बताउनु भएको छ । रामपुर अस्पतालका निमित्त मेडिकल सुपरीटेनडेन्ट विजय परियारले आस्पतालको बारेमा जानकारी गराउनु भएको कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले बोल्दै अस्पताल भनेको अति महत्वपुर्ण पाटो भएको भन्दै स्थानिय सरकारले गर्ने सहयोग जति बेला पनि भइरहने बताउनु भएको छ ।
रामपुर अस्पतालका प्रशासन सहायक हिरा विकको स्वागत बाट शुरुभएको कार्यक्रममा,नेपाली काँग्रेसका नगर सभापति नेत्र प्रसाद भट्टराई रविना कन्टक्सनका इन्जिनियर विजय श्रेष्ठ इन्जिनियर दिपेन्द्र सापकोटा लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन आयोजना कार्यान्वयन इकाइ रुपन्देहिका प्रशासन प्रमुख नविन पन्थीले गर्नु भएको हो । कार्यक्रम नवनिर्मित भवनमा भएको थियो ।


प्रकाशित : २०७९ चैत २२ गते १९:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology