पाल्पा:- जिल्लाको पुर्वखोला गाउँपालिका वडा नं.-२ जल्पामा रहेको जनसेवा युवा समुहले नयाँ बर्षको अवसर पारेर खुल्ला पुरूष  भलिबल प्रतियोगिता संञ्चालन गर्ने भएको छ।
खेल FIVB नियमानुसार सन्चालन हुने आयोजक कमिटिले जनाएको छ ।३० गते सम्म दर्ता समय रहेको र सो भन्दा पछि आउने कुनै पनि टिमलाई खेलमा समावेश नगरिने अध्यक्ष तुल्सा बस्यालले जानकारी  दिनुभयो । खेलकुद संयोजक लुख सारूका अनुसार प्रतियोगितामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेहरूका लागि रु. ४५ हजार , ३० हजार र २० हजार मेडल र प्रमाणपत्र  हुने बताउनुभयो । खेल वैसाख १ गते बिहान ८ बजे बाट संञ्चालन हुने आयोजक कमिटिले बताएको छ ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७९ चैत  २४ गते ६:०५
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment