शम्भु माध्यमिक विद्यालयको ६४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

माया राना
प्रकाशित : २०८० वैशाख १ गते २०:३६

पुर्बखोला गाउपालिका वडा न २ जल्पामा रहेको शम्भु माध्यमिक बिद्यालय ले आफ्नो ६४ औ बार्षिक उत्सब तथा अभिभाबक दिबस विभिन्न कार्यक्रम गरि मनाएको छ।बिद्यालयका प्रधानाध्यापक चित्र बहादुर कवरले बिद्यालयको बार्षिक प्रगती प्रतिबेदनको साथै ९३ लाख,६ हजार १ सय,११रुपिया बराबरको आयव्यय प्रस्तुत गर्नु भयो। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय नारायण प्रसाद आचार्यले प्रबिधिको प्रयोग गरि बच्चा केन्द्रित शिक्षण सिकाइ हुनु पर्ने,आइ कन्ट्याक्ट् गरि विद्यार्थीलाई motivesnal class दिनु पर्ने ,साथै बिद्यालय लाई राम्रो बनाउन सबै पक्ष बाट सहयोग गर्न अनुरोध गर्नु भयो, आफू जिम्मेवारी पद् मा रहदा सम्म आफुबात गर्न मिल्ने सहयोग हरपल रहनेछ भन्नू भयो।तेस्तै गरि प्रदेश सभा सदस्य खेम सारुले अबिभाबक र शिक्षकले बालवालिका लिने र दिने भनेकै सस्कार,सोच,कर्म अनि नतिजा हो भन्नुभयो। तेस्तै गरि, दम्कडा मा बि का शिक्षक जीवन आचार्य,जापानी समाज सेबि काजुमाशा काकिमि (ओके) बाजि,नीर बहादुरसारु, समाज सेवि दयाराम पान्डे, गाउपालिका उपाध्यक्ष भागिरथी भट्टराई ,शिक्षा शाखा प्रमुख लोकहरि देवकोटा, लगायतले विद्यालय लाई शुभकामना दिनु भयो। कार्यक्रम को बीच बिचमा बिद्यार्थी र शिक्षक हरुको रोचक नृत्य प्रस्तुती रहेको थियो,साथै शिक्षक सम्मान ,अक्ष्ायकोष छात्रवृत्ति,र पुरस्कार बितरण गरिएको थियोे । यसै अवसरमा शिक्षक शेर बहादुर सारुले स्व बाबा कृष्ण बाहादुर सारुको सम्झनामा अभिभाबक बिहिन बालबालिका को लागि १० हजार अक्ष्ायकोष स्थापना गरि दिनु भयो,तेस्तै गरि माया रानाले स्व.सशुरा बुवा डम्बर सिङ रानाको सम्झनामा १० हजार ५ सय ५ रुपिया अक्ष्ायकोष स्थापना गरिदिनु भयो। बिद्यालय का शिक्षक शिब न्यौपानेको सन्चालन, र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नीर बहादुर सारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।


प्रकाशित : २०८० वैशाख १ गते २०:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology