जल्पामा वडा स्तरिय योजनाको बारेमा छलफल र योजना तय सम्बन्धी कार्यक्रम सम्पन्न

माधव पाण्डे
प्रकाशित : २०८० वैशाख ८ गते २२:२२

पाल्पा-जिल्लाको पुर्वखोला गाउँपालिका वडा न २ जल्पामा संघ,प्रदेश,र स्थानीय तहबाट माग गरिने वडा स्तरिय योजनाको बारेमा छलफल र योजना तय गर्ने कार्यक्रम समपन्न भएको छ । शुशासन तथा बिकास ब्यबस्थापन परामर्श केन्द्र बुटवलका हरगोबिन्द पान्डेयले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा टोल टोलमा रहेका समस्याको पहिचान,स्थानिय स्रोत पहिचान र परिचालनको लागि सम्भाब्यताको बारेमा छलफल गरिएको थियो ।

कृषि ,सडक,खानेपानी , शिक्षा ,स्वस्थ ,लक्षितको समुहको लागि स्व रोजगारलाई मध्यनजर गरि योजनाहरु सङ्कलन गरिएको छ । ५ बर्ष भित्र सम्पन्न हुने गरि बनाइएको योजना छनौट कार्यक्रममा प्रत्येक टोलबाट प्रतिनिधित्व हुने गरि ७५ जना जिम्मेवार सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । जल्पा वडा अध्यक्ष नीर बाहादुर सारुको अध्यक्षता र सचिब भोज रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० वैशाख ८ गते २२:२२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology