बोलीपोखरा खानेपानी सासंद सारु द्धारा उद्घाटन ।।

भुवन सिंजाली
प्रकाशित : २०८० वैशाख १४ गते २१:३९

बाेलिपाेखरा खानेपानी अायाेजना पूर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगर वोलीपाेखराकाे लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले उद्घाटन गर्नु भएको छ।

खानेपानी उद्घाटन गर्नु हुदै सारुले नेपाल सरकारले एक घर एक धारा निर्माण गरि सफा शुद्ध खानेपानीकाे व्यवस्था गर्ने नीति लिएको छ । खानेपानी व्यवस्थापन गर्न केन्द्र सरकार प्रदेश सरकार स्थानीय सरकार र अन्तर्राष्ट्रिय संघ संस्थाले काम गरिरहेको र केही अायाेजनाहरु सुरु भए पनि सरकारले समयमै बजेट व्यवस्थापन नहुदा अलपत्र परेको अवस्था रहेको हुदा उक्त अायाेजनालाइ पूरा गर्न अाफुले पहल गर्ने बताउदै अायाेजना सम्पन्न गर्न अार्थिक प्राविधिक सहयोग गर्ने गाेर्खा वेल्फेयर ट्रष्टलाइ धन्यवाद दिनु भयो ।

पूर्वखाेला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले पुर्वखाेला गाउपालिका भित्र गुणस्तरीय खानेपानीकाे व्यवस्था गर्ने गरि विभिन्न टाेल टाेलमा काम भइरहेको जानकारी गराउदै खानेपानीलाई सहि तरिकाले प्रयोग गरि तरकारी उत्पादनमा व्यवसायीक बनी अार्थिक वृद्धिदर गर्न अनुरोध गर्नु भयो ।

देविनगर वडाका अध्यक्ष मेहर सिं थापा निवर्तमान वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठले खानेपानीकाे संरक्षण सरसफाइ सबैले नियमित गर्नुपर्नेमा जाेड दिनु भयो ।

गाेर्खा वेल्फयर ट्रष्टका प्राेजेट म्यानेजर टेक बहादुर थापाले खानेपानी अायाेजनामा पाच हजार लिटरकाे एउटा टंकी तीन हजार लिटरकाे दुईवटा टंकी निर्माण गरि ५१ घरधुरी विद्यालय सामुदायिक भवन गरि ५३ वटा धारा निर्माण गरि घरघरमा खानेपानी व्यवस्था गरेको उक्त अायाेजनामा गाेर्खा वेल्फेयर ट्रकको २५ लाख ५१ हजार ८ सय ५२ रुपिया उपभोक्ताकाे ९ लाख ८९ हजार १ सय ८० बराबरको जनश्रमदान पूर्वखाेला गाउपालिकाे ७० हजार १ सय २५ गरि जम्मा ३६ लाख ११ हजार १ सय ५७ रुपियाँ खर्च भएको प्रतिवेदन प्रस्तुत गर्दै उपभोक्ता समितिलाई अायाेजना हस्तान्तरण गर्नु भएको थियो ।

घरकाे अागनमा अाफ्नै निजि धारा बनी २४ घण्टा खानेपानी अाए पछि उपभोक्ता खुसि भएका छन् ।

खानेपानी अायाेजना सम्पन्न गर्ने गाेर्खा वेल्फेयर ट्रष्ट पाच जना कर्मचारीहरुलाइ सम्मानपत्र मायाको चिनाे प्रदान गरेको थियो ।

उद्घाटन कार्यक्रम बाेलिपाेखरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायण सिंजालिकाे अध्यक्षतामा सम्पन्न भएको थियो


प्रकाशित : २०८० वैशाख १४ गते २१:३९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology