माधव र नारायणलाई सहयोग जुट्दै गाउँले देउराली पुग्यो घरमै ।

गुणवती के सी
प्रकाशित : २०८० वैशाख २८ गते २२:०५

माधव र नारायणलाई सहयोग जुट्दै गाउँले देउराली पुग्यो घरमै ।

गाँउले देउराली साप्ताहिक समाचारपत्रको ३० औ वार्सिकोत्सव समारोह , कृति बिमोचन, सम्मान कार्यक्रम तथा आर्थीक सहयोग कार्यक्रम गाउँपालिका १ ढाक्रेबासमा सम्पन्न भएको छ ।
कार्यक्रम उद्घघाटन गर्दै पूर्बखोला गाउपालिका अध्यक्ष नूनबहादुर थापाले साहित्यकार रामप्रसाद अर्याल द्वारा लिखित देउरालीको फन्को कृति बिमोचन गर्नुभयो ।
।साथै विकास निर्माण मात्र ठुलो कुरो होइन एक्लै रोइरहेको दिलबहादुरलाई आज सबैको साथ मिलेको महशुस गराइ सामाजिक , ग्रामिण अवस्थाको यथार्थता,पिडा बुझेर सहयोग गरेकोमा आयोजक प्रति आभार प्रकट गर्नुभयो ।

लेखक र कृतिको परिचय गराउदै बिभिन्न समस्याका बाबजुद देउराली पत्रिका नियमित संचालन भएकोमा बधाइ तथा शुभकामना सहित पूर्ब सन्चालकहरु बिनयकुमार कसजु देखि अहिले रामचन्द्र नेपाल सम्मको ऐतिहासिक पृष्ठभूमि र वर्तमान अवस्था सङ्घर्ष बारे बताउनुभयो ।
त्यसैगरी लेखकको यो छैटौँ कृति भएको र लेखकको लेखनशैली निरन्तर रहेको बताउनुभयो ।

पुस्तकमाथि समिक्षा गर्दै बरिष्ठ साहित्यकार निलकण्ठ न्यौपानेले कृतिभित्र बिभिन्न बिधामा जम्मा ५८ शिर्षकमा गाउले परिवेशको यथार्थता , सामाजिक सचेतनात्मक , ब्यङग्यात्मक , शिक्षाप्रेरक , सु- सुचित सभ्य समाजको सन्देश दिइएको बताउनुभयो ।
ग्रामीण जिवन आत्मनिर्भर भए राष्ट्र नै समृद्ध हुने बताउनुभयो ।

समारोहमा देउराली सप्ताहिक पत्रीकाको लागि योगदान पुर्याउनु भएका कृतिका लेखक तथा गाउले देउराली साप्ताहिकका प्रधान सम्पादक रामप्रसाद अर्याल , साहित्यकार डाक्टर टंकप्रसाद पन्त ,धातानन्द शर्मा, गोबिन्दप्रसाद भट्टराई ,झमानसिङ दर्लामी , झबिन्द्र देबकोटा लाइ प्रशंसा तथा मायाको चिनोले सम्मान गरियो ।

पूर्बखोला गाउपालिका ढाक्रेबासका डिलबहादुर सारुका १२ र १४ बर्षका दुई अपाङग छोराहरु नारायण सारु र माधब सारुलाइ दाम्लोले बाँधेर राखिएको अवस्था देखेपछि पत्रकार समुहले पिडितको परिवारलाइ आर्थिक सहयोग पुर्याउने उद्देश्यले पिडितको आगनमै कार्यक्रमको आयोजन गरिएको ग्रामिण विकास पाल्पाकि उपाध्यक्ष शुशिला श्रेष्ठले बताउनुभयो ।

स्थानिय पत्रकार डिल्लीराज पंगेनीले पिडित परिवारको बारेमा जानकारी गराएपछि गाउँले देउराली लगायत संचार माद्यम बाट खबर प्रकाशन भएको थियो । विभिन्न संघसंस्थाबाट उठेको ६० हजार रुपैयाँ सहित सहभागीहरुबाट उठेको १० हजार चारसय पचास रुपैयाँ अपाङगका बुवा डिल बहादुर सारुलाइ हस्तान्तरण गरिको थियो ।

शुभकामना मन्तब्य ब्यक्त गर्दै साहित्यकार डाक्टर टंक पन्त ,पत्रकार गोबिन्द भट्टराई , धातानन्द शर्माले गाउले धरातलमा आएर गाउँको वास्तबिकतालाइ उजागर गरी कार्यक्रम गरेकोमा उपलब्धिमुलक रहेको भन्दै देउराली सधै बाचिरहनुपर्ने बताउनुभयो ।

लेखक रामप्रसाद अर्यालले लेखन अवस्था बिषयवस्तु , चुनौती अवसर , प्रतिफल तथा अनुभव बताउनु भयो ।

कार्यक्रम गाउले देउराली साप्ताहिक का सचिव रामचन्द्र नेपालको सन्चालन, बिभिन्न साहित्यकार बौद्धिक व्यक्तित्वहरुको सहभागिता तथा ग्रामिण बिकास पाल्पाका अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो


प्रकाशित : २०८० वैशाख २८ गते २२:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology