अब जल्पा स्वास्थ्य चौकी बाट सुरक्षित गर्भपतन हुने

Kandara News
प्रकाशित : २०८० वैशाख ३० गते २२:५५

पूर्वखोला गाउँपालिका वडा न २ जल्पामा पुर्ण खोप सुनिश्चितता घोषणा र जल्पा स्वास्थ चौकिलाइ सुरक्षित गर्भपतन सुचिकृत संस्था घोषणा कार्यक्रम संपन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बाहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्यले दिएको मापदण्ड भित्र रहेर अफ्नो र बच्चाको स्वास्थ्य प्रती सधैं सचेत रहने आमाहरुलाइ सम्मान ब्यक्त गर्दै ठुलो मात्र होइन एक असल दक्ष स्वास्थ्य र संस्कारि बच्चा उत्पादनमा सब भन्दा ठुलो भुमिका आमाको हुने बताउनु भयो ।

पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले स्वास्थ्य क्षेत्रमा पूर्वखोला नेपालमा चिनिन सफल रहेको बताउदै यसको स्वास्थ्य सेवामा खटिनु हुने सम्पुर्णमा धन्यवाद प्रकट गर्नु भएको थियो । असुरक्षित रहेको गर्भ स्वास्थ्यकर्मीको प्रामर्श हरुसार गर्न सकिने र यो सेवा याहाँ बाट दिन सफल भएको भट्टराईले बताउनु भयो । कार्यक्रममा पूर्वखोला स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले नियमित स्वास्थ्य संस्थाले दिने सेवा लगाएत, प्रत्येक टोल टोल मा गएर ४० बर्ष माथिका ब्यक्तिहरुको लागि मधुमेह र रक्तचाप पहिचान ,आवसेकसेवा र सल्लाह जेष्ठ नागरिक हरुको लागि घर घरमा स्वस्थ्य परिक्षण र उपचार सेवा, यहि श्रावण देखि १६ जनाले सुत्केरी स्याहार सेवा लिएको , जल्पा वडा भित्र २ स्थान साठिकोल र लाभेमा स्वास्थ्य इकाइ संन्चालन रहेको बताउदै अबको योजनामा सुमुदायमा भएका मानसिक समस्या पहिचान गरि आबश्यक काउनसिलिङ्ग र स्याहारको लागि पनि स्वास्थ्य क्षेत्रको भुमिका रहने कुरा बताउनु भयो।

यसै अवसरमा जल्पा स्वास्थ्य चौकी प्रमुख सि.अ. हे. ब. पदम दर्लामी, सि. अ. न.मि. मन्सुन छहरी (थापा) र जल्पा वडा अध्यक्ष नीर बाहादुर सारुलाइ सम्मान पत्रले सम्मान गरिएको थियो। तेस्तै गरि स्वास्थ्य प्रोटोकल अनुसार नियमित २४ पटक सम्म पोषण जानकारिको लागि अफ्नो बच्चाको तौल लिने १५ जना आमाहरुलाइ बच्चालाई आवश्यक पर्ने सामान दिएर सम्मान गरिएको थियो।

कार्यक्रममा रिङ्गनेरह स्वस्थ्य चौकी प्रमुख श्रीराज आचार्य, जल्पा शम्भु मा.वि प्रधानाध्यापक चित्र कुंवर ,महिला स्वयमसेविका सीता आचार्य लगायतले आ-आफ्नो भनाइ राख्नु भएको थियो। हजार दिनका आमाहरु, स्थानिय संघसंस्थाहरु, महिला स्वयंसेविका, बिद्यालयका प्रतिनिधिहरु, लगाएत सबै सरोकार वालाहरु गरि जम्मा ९६ बढीको सहभागिता रहेको थियो। कार्यक्रम स्वास्थ्य चौकी प्रमुख पदम दर्लामिको संचाल र जल्पा वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नीर बाहादुर सारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।


प्रकाशित : २०८० वैशाख ३० गते २२:५५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology