रमणीय पर्यटकीय क्षेत्र बन्दै जल्पाको चुलिडाँडा

मायाँ राना
प्रकाशित : २०८० जेठ ७ गते २०:१८

रमणीय पर्यटकीय क्षेत्र बन्दै जल्पाको चुलिडाँडा

पर्यटकिय क्षेत्र बिस्तार भएको पूर्वखोला गाउँपालिका वडा न -२ जल्पा ढोलिमाराको चुलिडाँडामा निर्माणाधीन फोहरा सहितको पानी पोखरी र स्वागत गेट निर्माण काम सम्पन्न भएको छ।
यो योजना सम्पन्न गर्नको लागि लुम्बिनी प्रदेश सरकार उधोग पर्यटन तथा यातायात ब्यबस्था मन्त्रालयपर्यटन डिभिजन कार्यालय बाट १० लाख रुपियाँको योजना विनियोजित भएको थियो । १ लाख १५ हजार रुपियाँ बराबरको स्थानियले जन श्रमदान गरेको उपभोक्ता समितिका अध्यक्ष जीवनकुमार बारघरेले बताउनु भयो ।

कार्यलयका प्रमुख अस्तराज गौतम र इन्जिनियर अमोद शाक्यले योजनाको अनुगमन गर्दै पानीको फोहोरा र गेट निर्माण रहेको योजनमा सोही अनुसार काम भएको बताउनु भयो ।

पाल्पाको सदरमुकाम तानसेन देखि करिब ३५ किलोमीटर दक्षिण पूर्वमा रहेको जल्पा वडाको बजार देखि करिब ३ किलोमीटर माथी उचाइमा रहेको छ । संगै रमाइलो बस्ती ढोलिमारा गाउँ वरिपरि अम्लिसो बनले पनि थप मनमोहक देखिने ठाउँमा यो चुलिडाँडा क्षेत्र रहेको छ। निर्माणधिन भौतिक संरचनाहरु बन्ने क्रममा स्थानिय सरकारपछि गाउँपालिकाको सहयोगमा बाटो खोल्ने काम भएको थियो। त्यो संगै भ्यु टावरको सुरुवाती चरण र स्थानिय समुदायका युवाहरुले सक्रियता संगै स्थानिय पर्यटनहरुको चहल पहल बढ्न थालेको बताउछन स्थानीयहरु । १० लाख हाराहारीको योजनाहरु स्थानीय, स्वदेश र बिदेशमा रहने युवाहरुको सक्रिय सहयोगमा तयार भएको थियो । जस मध्ये फलामे पिङ, पानको पात फ्रेम, फलामे छाताको विश्राम स्थल अंग्रेजीमा ढोलीमारा लेखेको होडिङ बोर्ड निर्माण भएको छ ।

डिभिजन जिल्ला बन कार्यालय पाल्पाबाट भ्यु टावरको लागि २ तला थप ढलाइ ,चुलिडाडाको पूर्वक्षेत्र भिर रहेकोले जोखिम क्षेत्र तारजालिले कम्पाउन्डिङ्ग , फलामको विश्राम स्थल र १५ हेक्टर क्षेत्रफलमा स्थानिय जडिबुटि तेजपात संरक्षण गर्ने काम भैरहेको छ । पूर्वखोला गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संग्रहालयको रूपमा गोलो घर निर्माण भएको छ ।

यस क्षेत्र सफा राख्नको लागि सौचालय निर्माण्को लागी समाजसेबी पहल सिं घर्ती र अस्ट्रिलिया रहने वाहाकी छोरी तारा देवि घर्तिबात १/१ लाख रुपिया सहयोग गरि २ कोठाको शौचालय निर्माण पनि सम्पन्न भएको छ। चुलिडाडा क्षेत्रमा बर्षातको समयमा ओरालो बाटो भड्खालो ,भल,बाडी बग्ने कारण ले यातायातमा कठिनाई हुने गर्दछ। यस क्षेत्र बिकासको लागि टिकाउ हुने बाटो र लिफ्ट पानीको ब्यबस्थाको योजनाको प्रतिक्षामा रहेको स्थानिय बताउछन । यस क्षेत्र अझ बिकास गराउन सके पूर्वखोलाको पर्यटन व्यवसाय लाई समेत थप टेवा पुग्ने देखिन्छ ।


प्रकाशित : २०८० जेठ ७ गते २०:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology