मकै पकेट क्षेत्रमा सिफारिस जात भन्दा फरक जातको बीउ छरेको पाईएपछि मकै उखेलियो । वडाध्यक्षको रोहबरमा विवाद समाधान ।

भुवन सिंजाली
प्रकाशित : २०८० जेठ १० गते १८:३५

पुर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगरमा मकै विवाद समाधान भएको छ।
मकैको बीउ उत्पादन गर्न मकै पकेट क्षेत्र बनाएर मनकामना जातको मात्रै बीउ लगाउने गरि कार्यक्रम बनाईएको लेमधेम क्षेत्रमा सिफारिस जात भन्दा अन्य जातका बिरुवा लगाईएको पाईएपछि उक्त बिरुवाहरु उखेल्ने क्रममा स्थानीयहरु बीच भएको विवाद समाधान भएको छ । दुवै पक्षसँग छलफल गरि सिफारिस गरिएको मकैकाे मुल बीउ बाहेक अन्य बिरुवा उखेल्ने,उखेलिएको जग्गामा सिफारिस गरिएको बीउ रोप्ने र उक्त बीउबाट उत्पादनमा कमि भए क्षतिपूर्ति दिने गरि सहमति गरिएको छ।
पुर्वखाेला गाउपालिकाकाे आर्थिक सहयोग, हेफर इन्टरनेसनल प्राेजेक्ट नेपालकाे प्राविधिक सहयोग र समाज उत्थान सहयोग केन्द्र देविनगरकाे सहजिकरणमा संचालन भएको पुर्वखाेला कृषि तथा पशु उद्यमशिला विकास परियोजना कार्यक्रम अन्तरगत मकैकाे बीउ उत्पादन गर्ने गरि देविनगर वडाको माथिल्लो लेमधेम र तल्लो लेमधेममा मनकामना जातकाे मुल बीउ लगाउने टाेलकाे माग अनुसार गत वर्ष देखि नै सहजिकरण तालिम उपकरण मकै बीउ वितरण भएको थियो ।
कार्यक्रम अनुसार दुई टाेलमा रहेका १३६ घरधुरीले मनकामना जातको मकै बीउ रोप्नुपर्नेमा केहि घरधुरीले अटेरी गरि अन्य मकै लगाउँदा मकैको बीउ उत्पादनका लागि प्रजनन प्रक्रियामा असर गर्ने प्राविधिककाे राय अनुसार सिफारिस गरिएको भन्दा फरक रहेका मकैका बिरुवा उखेलि मुल बीउ लगाइदिएकाे माथिल्लो लेमधेम टाेल विकास संस्थाका अध्यक्ष इन्द्रबहादुर रानाले बताउनुभयो ।
सिफारिस गरिएको बीउ समयमै नपाएको कारण पुरानै जातको मकै रोपिएको तथा आफुहरुले फरक जातको बीउ रोप्दा वरपर रहेका मनकामना जातको मकैको बीउ उत्पादनमा असर पर्नेबारे ज्ञान नभएको कारण आफु विवादमा उत्रिएको स्थानीय एत बहादुर नेपालीले बताउनुभयो ।
देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले मकै उत्पादनमा कमि भएमा क्षतिपुर्तिकाे लागि गाउँपालिका पहल गरि दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।


प्रकाशित : २०८० जेठ १० गते १८:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology