हुमिनमा ट्याक्टर दुर्घटना,दुई जना घाईते

भुवन सिंजाली
प्रकाशित : २०८० जेठ १७ गते १९:०१

पाल्पाको रम्भा-४,हुमिनमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । तानसेनकाे गैर हार्डवयरबाट पुर्वखाेला-२,जल्पा,खैरेनीकाे सरस्वती माध्यमिक विद्यालय भवन निर्माणका लागि निर्माण सामाग्री ल्याउदै गरेकाे लु ३ त ९०४ नम्बरको ट्याक्टर दुर्घटना भएको हाे ।
दुर्घटनामा परि ट्याक्टर सहचालक ४० वर्षिय झमान सिं गाहाकाे दाहिने खुट्टामा चाेट लागेको छ भने चालक २० वर्षिय कमल गाहालाई सामान्य चाेट लागेको छ । घाईते दुवै जनालाई हुमिन स्वास्थ्य चाैकीमा प्राथमिक उपचार गरि थप उपचारको लागि युनाइटेड मिसन हस्पिटल तानसेन पठाईएको ताहुँ प्रहरी चाैकीका प्रमुख याम बहादुर पुनले बताउनुभयो ।
हुमिन वडाका अध्यक्ष कृष्ण बहादुर रायमाझीका अनुसार पुर्वखाेला जाने बाटाेकाे उकालोमा रहेको घुम्तिमा ट्याक्टरले लोड तान्न नसकेपछि ब्याक हुँदा ५० मिटर तल रामपुर जाने सडकमा खसेको र ३ घण्टा सडक अवरुद्ध हुँदा सयौं यात्री अलपत्र भएकोले ताहुँबाट जे सि वि मगाइ सडक खाेलिएकाे बताउनुभयो ।


प्रकाशित : २०८० जेठ १७ गते १९:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology