वीरकोटमा व्युटिपार्लर तथा चप्पल बनाउने तालिम सम्पन्न

सिमा श्रेष्ठ
प्रकाशित : २०८० जेठ १९ गते १९:५७

पाल्पा,वीरकोट

१९ जेठ २०८०

व्यवसायिक ब्युटीपार्लर तथा चप्पल बनाउने तालिम समापन भएको छ। आज वीरकोटमा भएको समापन कार्यक्रममा आयोजकको तर्फबाट बोल्नुहुँदै राजेन्द्र पाण्डेले एकैचोटी ठुलो व्यवसाय खोलेर व्यापार गर्न सक्षम नभएपनि तालिमको सीप सामान्य स्वरोजगारको रुपमा निरन्तरता दिदै अगाडी बढाउनुपर्ने कुरामा जोड दिनुभयो । नेपाल सरकार,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तरगत पुर्वखोला गाउँपालिका कार्यालय,पाल्पाको आयोजनामा सञ्चालित ४५ दिने व्युटिपार्लर तालिममा १४ जना र १ हप्ते चप्पल बनाउने तालिममा १४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै संगीता श्रेष्ठ र ज्ञानीसरा सुर्यबंशीले सीपलाई व्यवसायीक अगाडि बढाउनको लागि गाउँपालिका र वडाबाट सहयोगको अपेक्षा राख्नुभयो । कार्यक्रम पुर्बखोला गाउँपालिका वडा नं.-५ ,वीरकोटका वडा अध्यक्ष बिष्णु कुमार पल्लीको अध्यक्षतामा भएको थियो ।


प्रकाशित : २०८० जेठ १९ गते १९:५७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology