नेपाल रेडक्रस सोसाइटी उपशाखाहरु विच अभिमुखीकरण तथा अन्तक्रिया कार्यक्रम ताहुँमा सम्पन्न।

कृष्ण प्रसाद पंगेनी
प्रकाशित : २०८० जेठ २६ गते २३:०२

नेपाल रेडक्रस सोसाइटी उपशाखाहरु विच अभिमुखीकरण तथा अन्तक्रिया कार्यक्रम रम्भा ५ ताहुँमा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय पाल्पाको आयोजना मा ६ वटा उपशाखा विच अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी उपशाखा ताहु उपशाखा को भवन मा सम्पन्न भएको कार्यक्रम मा निस्दी उपशाखा, रामपुर उपशाखा, सिलुवा उपशाखा, खालिवन उपशाखा, हेक्लाङ उपशाखा र ताहु उपशाखाका सभापति, उपसभापति, सचिब र कोषाध्यक्ष हरु बिचकोबअन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला रेडक्रस सोसाइटी शाखा कार्यालय पाल्पा का सभापति बाबुराम कार्की को अध्यक्षमा संचालन भएको कार्यक्रममा आ-आफ्नो उपशाखा ले भए गरेको गतिविधि प्रस्तुत गर्नु भएको थियो। यो संगै आ-आफ्नो सेवा केन्द्रले अरु सेवा केन्द्रमा रचनत्म काम गर्न सहयोग गर्ने सिलुवा शाखाका सभापती बालकृष्ण पंगेनीले बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय पाल्पा का सभापति बाबुराम कार्की ले नेपाल रेडक्रस सोसाइटी को ऐतिहासिक पृष्ठभूमि तथा हाल सम्म भए गरेको गतिविधि प्रस्तुत गर्नु भएको थियो । साथै नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय पाल्पा का उपसभापति भिमसेन कार्की ले नेपाल रेडक्रस सोसाइटी उपशाखा हरु ले गर्नु पर्ने दायित्व हरू तथा अन्य विषयमा छलफल गर्नु भएको थियो।
नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय पाल्पा का अधिकृत बिनोद भारती ले रक्तदान कार्यक्रम विषयमा आफ्ना भनाईहरु राख्नु भएको थियो।


प्रकाशित : २०८० जेठ २६ गते २३:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology