पूर्वखाेला गाउपालि वडा नम्बर ४ देविनगरमा पशु शिविर तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

भुवन सिंजाली
प्रकाशित : २०८० जेठ २६ गते २३:०९

पूर्वखाेला गाउपालि वडा नम्बर ४ देविनगरमा पशु शिविर तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

पूर्वखाेला गाउंपालि र हेफर इन्टरनेसनल नेपालकाे अार्थिक सहयोग तथा समाज उत्थान सहयोग केन्द्र देविनगरकाे सहजिकरणमा संचालित पूर्वखाेला कृषि तथा पशु उद्दमशिला विकास परियोजना कार्यक्रम अन्तरगत पशु शिविर तथा सचेतना कार्यक्रम देवीनगरमा सम्पन्न भएको छ ।
शिविरमा ७२ जना कृषकको २८८ वटा पशुहरुकाे गाेवर परिक्षण गराएका थिए ।
परिक्षण गरेका सबै जसाे गाेवरमा माटेजुकाकाे समस्या देखिएको पशु चिकित्सक लेखथान अधिकारी बताउनुभयो । पुर्वखाेला गाउपालिका पशु शाखाका प्रमुख धन बहादुर दर्लामीले जुकामाटेकाे अाैषधि नाम्ले किर्ना , उपिया , सुलसुले , भिटामिन , घाउमा लगाउने मलम लगाएको अाैषधिहरु वितरण गरेको जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्वखाेला गाउपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले पशु पालक कृषकहरुकाे पशुमा लाग्ने राेगकाे पहिचान नहुने र अाैषधि उपचार नगराउनाले उत्पादनमा कमि हुने पशु मर्ने हुनाले कृषकहरुले धेरै क्षति व्यहोर्नुपर्ने अवस्था रहेकोले गाउपालिकाले पशु शिविर संचालन गरि गाेवर र पशुकाे परिक्षण गरि अाैषधि उपचार गर्नाले पशु उत्पादनमा वृद्धि भइ अार्थिक अाम्दानि हुने विचार व्यक्त गर्दै गाउपालिका ६ वटै वडामा पशु प्राविधिककाे व्यवस्था गरिएको र माैसम अनुसारको भ्याक्सिन अाैषधिहरुकाे व्यवस्था मिलाएको बताउनुभयो ।

शिविरमा पशुहरुमा लाग्ने राेग के के हुन् । कस्ता लक्षण देखिन्छ , राेकथाम उपचार कसरी गर्ने , दान कसरी बनाउन सकिन्छ , कति मात्रामा खुवाउने लगाएको बिषयमा पशु चिकित्सक लेखनाथ अधिकारी हेफर इन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत मदन पाैडेल पुर्वखाेला पशु शाखाका प्रमुख धन बहादुर दर्लामी परियोजना कार्यक्रमका प्रमुख देव बहादुर ढेंगा पशु प्राविधिक गाेपाल पराजुलीले सहजिकरण गर्नु भएको थियो ।

गाेवर परिक्षण गर्न अाउनु भएका कृषक शेर बहादुर गाहाले अाफ्नै वडामा गाेवर परिक्षण गरि निशुल्क रुपमा अाैषधि पाएकाले खुसि हुदै पशुलाइ अावश्यक पर्ने अाैषधि , नियमित रुपमा वडामा व्यवस्था हुनु पर्ने र वार्षिक रुपमा पशु शिविरकाे व्यवस्था भए अाफु जस्तै सबै पशु कृषकले सुविधा पाउने गुनासो राख्नुभयाे ।
शिविरमा पूर्वखाेला कृषि तथा पशु उद्दमशिला परियोजनाका युवा संयाेजक रविन्द्र पंगेनि देविनगर वडाका पशु प्राविधिक कृष्ण रायमाझी सामाजिक सहजकर्ता नवीन सिंजालि प्रविन सारुले सहयोग गर्नु भएको थियो ।
पशु शिविर देविनगर वडाका अध्यक्ष मेहर सिं थापाकाे अध्यक्षतामा सम्पन्न भएको हाे।


प्रकाशित : २०८० जेठ २६ गते २३:०९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology