सिलुवामा १४ जनाले पाए युवा उद्यमशिलता बापत ३०-३० हजार अनुदान ।
कृष्ण प्रसाद पंगेनी, सिलुवा
पूवखोला गाउँ पालिका र हेफर प्रोजेक्ट को आर्थिक तथा प्राविधिक सहयोग,समाज उत्थान सहयोग केन्द्र देवीनगर को सहजिकरण मा संचालित कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत पूर्वखोला गाउँ पालिका वडा नम्बर एक सिलुवा मा अन्तक्रिया तथा अनुदान वितरण गरेको छ ।
सिलुवा मा संचालित जनपथ यूवा उद्यमी समुह र मण्डली यूवा उद्यमी समुह को उपस्थित मा संचालन भएको कार्यक्रम मा पूवखोला गाउँ पालिका वडा नम्बर एक सिलुवा का अध्यक्ष गिरीमान आले को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रम मा दुवै समुहका १४ जना उद्यमी हरु लाई ४ लाख २० हजार अनुदान वितरण गरिएको थियो। उद्यमी हरुले बाख्रा पालन , बङ्गुर पालन , कुखुरा पालन , वेसार खेती आदि मा उद्यमशील भएर काम गरेका थिए ।उक्त परियोजना अन्तर्गत सदस्य बाट लागत सहभागिता रू ११ लाख २५ हजार रहेको जानकारी दिनुभएको थियो। कार्यक्रम का प्रमुख अतिथि वडा अध्यक्ष ले कार्यक्रम को उद्देश्य अनुसार अगाडि वढ्नु पर्ने,साथै यूवा हरु यसै परियोजना जोडिएर अगाडि वढ्नु पर्ने कुरा मा जोड दिनुभएको थियो।
कार्यक्रम मा कृषि तथा पशु विकास उद्यमशिलता परियोजना को रविन्द्र पंगेनी ले संस्था भए गरेका गतिविधि तथा यूवा उद्यमी हरु ले गर्नु पर्ने दायित्व हरू को वारेमा सहजिकरण गर्नुभएको थियो। सोही परियोजना का। खेम बहादुर हिस्की ले यूवा हरु उद्यमी तथा आत्मनिर्भर हुन पर्ने कुरा जोड्नु भएको थियो। कार्यक्रम मा नेपाल रेडक्रस सोसाइटी उपशाखा सिलुवा का सचिब कृष्ण प्रसाद पंगेनी, जनमार्ग मा वि का शिक्षक युवराज काफ्ले लगायत आ आफ्नो भनाई राख्नु भएको थियो।
कार्यक्रम जनपथ यूवा उद्यमी समुह का अध्यक्ष समुन्द्रा भारती को अध्यक्षता, मण्डली यूवा उद्यमी का सचिब लोक वहादुर राना को संचालन र मण्डली यूवा उद्यमी समुह का उपाध्यक्ष कुल वहादुर वयम्बु को स्वागत मन्तव्य राख्नु भएको थियो ।
प्रकाशित : २०८० जेठ २९ गते १३:३९
Facebook Comment