स्वास्थ्य प्रर्वद्धन र उत्पादनमा जोड दिदै जल्पामा जैविक मल वितरण

माया राना
प्रकाशित : २०८० असार ५ गते २०:०३

पाल्पा,जल्पा देवि कृषक समूह पुर्बखोला 2 जल्पा ढोलिमाराले ४९ जना कृषकहरुलाई जैविक मल बितरण गरेको छ। कृषक समूहको माग को आधारमा पुर्ब खोला गाउपालिका कृषि शाखाले पुरै अनुदानमा ८३ क्युन्टल मल ,पुर्बखोला गा पा जल्पामा झरेको कृषि शाखा प्रमुख सन्तोष कंडेलले बताउनु भयो । बिशेष गरि रसायनिक मल प्रयोग गरि तरकारी उत्पादन तथा फलफूल खेती उत्पादन बढ्ने तर स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले उत्पादन पनि नघट्ने स्वास्थ्यमा पनि असर नगर्ने भएकाले बेमौसमी तरकारी र प्लास्टिक टनेल खेतिको लागि यो मल माग गरिएको समुहका अध्यक्ष भिम बहादुर सारुले जानकारी दिनु भयो।आफ्नो समुहमा परेको ४१ कुइन्टल मल मध्ये जल्पा देवीकृषक समूह ढोलिमाराले १ टनेलको लागी २५kg को दरले ९२ वटा टनेलको लागि मल बितरण गरिएको छ। समुहमा बाकी रहेको मल सामुहिक क्युबी खेती, र सामुहिक बेमौसमि तरकारी खेतिमा प्रयोग गरिने समुहका अध्यक्षले बताउनुभयो । जल्पा वडाका कृषकहरुलाई समेट्ने गरी बाकी रहेको ४२ क्युन्टल मल वितरण को लागि शुभ सन्देश महिला कृषि सहकारी संस्था पुर्बखोला 2 जल्पालाई जिम्मेवारी दिइएको छ । मल बितरण संगसंगै प्रयोग गर्ने तरिकाको बारेमा कृषि प्रबिधिक डोल बहादुर घर्तिले जानकारी दिनु भयो।


प्रकाशित : २०८० असार ५ गते २०:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology