पूर्वखोलाको विकास प्राथमिकता सडक

डिल्लीराज पंगेनी
प्रकाशित : २०८० असार ९ गते १०:०९

पूर्वखोलाको प्राथमिकतामा सडक ।

पूर्वखोला गाउँपालिकाले भौतिक पूर्वाधार अन्तर्रगतको सडक निर्माण र स्तरोउन्नती लाई प्राथमिकतामा राखेर काम गरेको पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताउनु भयो । थापाले वडाबाट पालिका र वस्ती स्तरबाट वडा सम्म पुग्ने मोटरबाटोको लागि पहिलो प्राथमिकता राखेर काम गरेको बताउनु भयो । १२ महिनानै पालिकाको केन्द्र सम्म सहज रुपले यातायात संचालन गर्नको लागि मोटरबाटो खन्ने काम करिब करिब सकिएको र अबको त्यसको स्तरउन्नतिमा पहल गर्ने बताउनु भयो ।
पूर्वखोला गाउँपालिकामा २५२ वटा योजना र २८ वटा कार्यक्रम सम्पन्न भएको , ४२ वटा योजना र ११ वटा कार्यक्रम सम्झौता भएको र ९ वटा योजना तथा २२ वटा कार्यक्रम सम्झौता नभएको योजना शाखा प्रमुख विनोद नेपालले बताउनु भयो ।
त्यस्तै पालिकामा गौरवको आयोजनमा ७ वटा योजना ठेक्का मार्फत संचालन भएको छ । ढाक्रेवास दार्सीङभन्ज्याङ्ग मोटरबाटो को ६० प्रतिशत , विरकोट गेझा मो वा ६० प्रतिशत , लाभे जल्पा मो वा ८५ प्रतिशत , सेर्कावास हेक्लाङ्ग मो वाटो ४० प्रतिशत, जल्पा स्वास्थ्य चौकी भवन ५ प्रतिशत सम्पन्न भएको योजना अधिकृत विनोद नेपालले बताउनु भयो । त्यस्तै १५ शैयाको हस्पिटलको काम ४५ प्रतिशत र गाउँपालिकाको प्रमुख प्रसासकिय भवन ८७ प्रतिशत काम सम्पन भएको अधिकृत नेपालले बताउनु भयो । (असार ७ गते सम्मको तथ्यांक )

पालिकाले पालिका भरी एकै किसमको शिक्षा पद्धती लागू गरेर अघि बढेको बताउदै यस्को व्यवस्थापनमा पालिकाले लगानी गरेको बताउनु भयो । पूर्वखोला गाउँपालिकाले संथागत विद्यालय र सामुदायिक विद्यालय समायोजन गरेर सबै विद्यालयमा एकै किसिमको शिक्षा दिने व्यवस्थापन गरेको छ ।
पूर्वखोला गाउँपालिकामा हाल माध्यमिक, आधारभुत गरेर ३८ वटा विद्यालय रहेको छ ।

पूर्वखोला गाउँपालिका बर्थिङ्ग सेन्टर घोषणा पूर्ण खोप युक्त पालिका घोषणा गरिसकेकाले सरल सेवाको लागि पालिका लागि परेको पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताउनु भयो । पूर्वखोला गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी ५ वटा स्वास्थ्य ईकाई र १ वटा १५ शैयाको हस्पिटल निर्माण चरणमा रहेको छ । स्वास्थ्यमा ४ ० बर्ष माथिको लाई मधुमेह र उच्चरक्तचाप लागि निशुल्क स्वास्थ्य परिक्षण , सबै स्वास्थ्य संथामा गर्भपतन सेवा , ४ वटा स्वास्थ्य सेवा बाट टिभी परिक्षण सेवा , मृगौला पिडितको लागि डाईलासिस वापत ५ हजार बराबर यातायात खर्च बापत सेवा लगायतको कामहरु यो बर्ष गर्न सफल रहेको पूर्वखोला गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालले बताउनु भयो ।

पूर्वखोला गाउँपालिकाले मकैको बीउ उत्पादन पकेट क्षेत्र , उन्नत जातका तरकारी तथा अन्य कृषि क्षेत्रमा प्राथमिकता राखेको पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताउनु भयो । पालिकामा खसी बाख्रा , कुखुरा पाडा भैंसी पशुपालन क्षेत्रलाई व्यवस्थित बनाउन पहल गरेको बताउदै यसको प्रर्वन्धनमा गाउँपालिका लागेको बताउनु भयो ।
हेफर प्रोजेक्टको सहकार्यमा पूर्वखोला गाउँपालिका र पूर्वखोला कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत मैकैको वीज( बीउ ) उत्पादन , मिनिटेलर, चापकटर , थ्रेसर लगाएत ९२ वटा कृषि औंजार सामाग्री लगायत सामाग्रीहरु वितरण भएको हेफर पोर्जेक्ट युवा संयोजक रविन्द्र पंगेनीले बताउनु भयो । उहाँले युवा उद्यमी अनुदान रकम वितरण गरेको बताउनु भयो

पूर्वखोला गाउँपालिका रहेको रिङ्नेरह सामुदायिक विद्युत काठेपोल विस्थापन लागि गाउँपालिकाले छलफल गरि काठेपोल विस्थापनमा गाउँपालिकाले रिङ्नेरह सामुदायिक विद्युत संग समन्वयन गरेको बताउनु भयो । उहाँले योजनाले नसमेटाका क्षेत्रहरुमा पुन गाउँपालिकाले पहल गर्ने बताउनु भयो । काठेपोल विस्थापन गर्नको लागि सामुदायिक ग्रामिण विद्युतिकरण विभागले ९० प्रतिशत र १० प्रतिशत पूर्वखोला गाउँपालिका र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा काठेपोल विस्थापन भएको सामुदायिक विध्युतका अध्यक्ष राम बहादुर गाहाले बताउनु भयो । पूर्वखोला ८ वटा लोड सेन्टर र रामपुरमा ३ लोड सेन्टर रहेको गाहाले बताउनु भयो

गाउँपालिकाले सहकारी व्यवस्थापन गर्न , पर्यटकिय क्षेत्र विस्तार गर्न जल्पामा होम स्टेको सुरुवात गरेको बताउनु भयो । यस्तै अन्य क्षेत्रमा पनि सम्भाव्यता अध्यन गरिने थापाले बताउनु भयो । रैथाने सिपको प्रर्वदन साथै चप्पल बनाउने, होजारी, साबुन बनाउने विभिन्न तालिम दिएको र सम्पन्न भएको बताउनु भयो । अन्य लिएर सबै क्षेत्रको व्यवस्थापनमा गाउँपालिका लागि परेको बताउनु भयो
थापाले आगामी बर्षको लागि पनि सडक , शिक्षा , स्वास्थ्य पालिकाको समग्र विकासमा रहेर योजना बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताउनु भयो


प्रकाशित : २०८० असार ९ गते १०:०९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology