पाल्पामा पहिलो पटक चालक अनुमतिपत्रको परीक्षा सुरु

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०८० असार २२ गते २३:१६

तानसेन – पहिलो पटक पाल्पाबाट दुई पाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्रको परीक्षा सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले शुक्रबारदेखि दुई पाङ्ग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रको परीक्षा लिएको हो ।

कार्यालयले पाल्पामा पहिलो पटक मोटरसाइकल तर्फ वर्ग (ए) र स्कुटरतर्फ वर्ग (के) को नयाँ लाइसेन्स जारी गर्न लिखित परीक्षा लिएको जनाएको छ । पहिलो दिन लिखित परीक्षामा २०० जना परिक्षार्थीहरू सहभागी भएको कार्यालय प्रमुख केशव सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार परीक्षार्थीले लिखित परीक्षामा ६० अङ्क ल्याएमा पास हुने व्यबस्था रहेको छ । लिखित परिक्षामा पास भएका परिक्षार्थीको प्राटिक्कल (ट्रायल) परीक्षा दिन पाउने कार्यालय प्रमुख सुनारले जानकारी दिनुभयो ।

पाल्पाको यातायात सेवा कार्यालयमा सवारी चालक अनुमति पत्रको लागि देशभरका जुनसुकै स्थानका व्यक्तिहरूले मोबाईल कम्प्युटरबाट सजिलै आवेदन दिन सक्नेछन् । यातायात कार्यालय बुटवलमा सेवाग्रहीको अत्यधिक चाप बढेपछि लुम्बिनी प्रदेश यातायात व्यवस्था विभागले पाल्पामा पनि दुई पाङ्ग्रे सवारी साधनको परीक्षाको लागि व्यवस्था मिलाएको हो ।


प्रकाशित : २०८० असार २२ गते २३:१६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology