एनआरएनए कतार २०२३- २०२५ का लागी महिला उपाध्यक्षमा नानू घले ब्लोन को उमेरद्वारी

बिकाश गैरे
प्रकाशित : २०८० असार ३१ गते १४:३४

बिकाश गैरे // दोहा कतार

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आसन्न निर्वाचनको लागी महिला उपाध्यक्ष पदमा नानू घले ब्लोनले उम्मेदवारी दिने भएकि छिन् आगामी कार्यकाल २०२३- २०२५ को लागि उम्मेदवारी दिने घोषणा गरेकि हुन् l


लामो समय देखि कततारमा श्रमको रुपमा श्रम गर्दै आईरहेकि चितवनकि घले शुरुका दिन देखिनै गैरआवासीय नेपालि संघको अभियानमा जोडिदै विभिन्न सामाजिक काम गर्दै आएकी छिन ।

घलेले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका २०२१-२३ कार्यकालका महिला संयोजकको पदीय जिम्मेवारी सम्हालीरहेकी थिइन ।

घले कतारमा २०१४ कामदारको रुपमा गरेकी थिइन । कतर प्रवेश गर्नु अगाडि नेपालमा रहदा समेत सामाजिक कामकार्यको रुचिका कारण असाह्य दिन दु:खी हरुलाई सहयोग गर्ने काममा सकृय थिइन् ।

देशमा भने जस्तो रोजगारी तथा स्वरोजगारीको अवसर नपाउँदा देश छोडेर वैदेशिक रोजगारीका लागी कतार प्रवेश गरेकी थिइन । कतारमा पनि निरन्तर समाजिक कार्यमा सकृय रहेकी घले नारी मुक्ति र गणतन्त्र नेपाल स्थापनाका लागि एक उदाहरणीय पात्र समेत हुनपन ।

गैर आवासीय नेपाली संघमा आबद्ध हुनु अगाडि सामान्य श्रमिकको रूपमा कतारको दोहामा एक प्रतिष्ठित कम्पनीको सेक्युरिटी सर्भिसको कामको लागि हमाद अन्तर्राष्ट्रिय विमान स्थल दोहामा कार्यरत रहेकी थिइन् ।

घलेको परिचय सामाजिक अभियान्तामा मात्रै सीमित भने छैन २०५२ साल बाट नेपालमा १२ वर्ष चलेको जनयुद्धको एक सशक्त महिला जनमुक्ति सेनामा बासु स्मृति ब्रीगेड नौ नम्बर बटालियन “A”कम्पनी बाट ब्रिग्रेटको मेडिकल डिपार्टमेन्टमा समेत कुशल जिम्मेवारी भुमिका निर्वाह गरिन ।

२०६२,६३ सालको जनआन्दोलन र तत्कालीन नेकपा माओवादी पार्टी शान्ति प्रक्रियामा आए पछी, नेपाली सेनामा समायोजन प्रक्रियामा छानिएकि थिइन । नेपाली सेनामा समय र परिस्थितिले गर्दा नेपाली सेना समायोजन बाट स्वेच्छिक अवकाश मा निक्लेको उनको भनाइ छ । नेपाली सेनाको अवसर त्याग्दै केही वर्ष सोही पार्टीको वाइसीएल विभागमा रही सांगठनिक राजनैतिक र वैचारिक रूपमा चितवन कार्यक्षेत्रमा खटि महिला विभाग मार्फत नेतृत्व तहमा समेत काम गरेर राजनैतिक परिचय समेत बनाएकी घलेलाइ पार्टी भित्र “सुरक्षा” नामले परिचित थिइन ।

घले वैदेशिक रोजगारीमा आउने महिलाहरु सामाजिक कार्यमा देखिने थोरै पात्र मध्यमा पर्छिन ।
९ बर्ष देखि कतारमा कार्यरत घले वैदेशिक रोजगारीका लागि कतार आएर श्रमिक जीवन सगै विभिन्न समस्यामा परेका पीडित महिला श्रमिकहरुको न्यायको लागि लड्दै आएकी छिन । उनले पीडित दिदिबहिनीहरुलाई उद्वारगर्न पहल गर्ने देखि आफू सगै पीडित राखेर सकुशल स्वदेश फर्काउनको लागि सहजीकरण गरेको उनको भनाइ छ ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान दोहा कतार शाखाको सल्लाहकार र लि:ल फङ्ग (घले समाज) कतार दोहा कतार शाखाको सल्लाहकार समेत रहेकि छिन् । सामाजिक अभियानलाई निरन्तरता दिन र महिलाहरुका लागि, सशक्तीकरण र अभिमुखिकरण र नेतृत्व विकास क्षमताका लागि घलेले गैर आवासीय नेपाली संघ राष्ट्रिय समिति समन्वय परिषद् कतारका लागि आगामी कार्यकाल २०२३-२५ कार्यकालका लागि महिला उपाध्यक्ष पदमा सशक्त दाबी रहने उनले ताएकी छन ।


प्रकाशित : २०८० असार ३१ गते १४:३४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology