कतारको नेपाली दूतावासभित्रै असुरक्षित,भण्डारी,त्रीपाटि र ओली माथी हातपात

Kandara News
प्रकाशित : २०८० साउन १८ गते १०:२८

एनआरएन(NRNA NCC)कतारको अधिवेशनको पूर्वाद्धमा गत ८ साउनमा कतारस्थित दूतावासको बैठक कक्षमा भएको सर्वपक्षीय छलफलमा जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारी,जनप्रगतिशील मञ्च पश्चिम एसिया संयोजक शनी कुमार ओलि र नेपाली प्रभासी मञ्च कतारका अध्यक्ष प्रभात त्रीपाटी माथी हातपात भएको छ ।

 

दूतावासको बैठक कक्षमा भएको उक्त लफडापछि नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष भण्डारीले आफूहरुमाथि हातपात भएको भन्दै कतारका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकाललाई न्यायका लागि निवेदन दिएका छन् ।

 

एनआरएनए कतार (NCC)ले बोलाएको सर्वपक्षीय बैठकबाट राजदूत ढकाल निस्केपछि एनसीसीका तत्कालीन अध्यक्ष मोहम्मत मुक्तदाले अनधिकृत व्यक्तिलाई बोलाएर बल प्रयोगगरि हातपात गरेको आरोप भण्डारीले लगाएका छन् ।

‘महामहीमज्यू (राजदूत) ढकाल निस्केपछि एनसीसी अध्यक्षले विधि, विधान र पद्धति बाहिर गएर अनुचित निर्णयमा दस्तखत गर्न बल प्रयोग गरेको, दस्तखत नमान्दा योजनाकार मुक्तदा र नरेश श्रेष्ठले अब्दुल रहमान, रामबहादुर हमाल लगायतका गलत प्रवृत्तिका व्यक्तिहरू एक हुल (करिब २०/२५ जना) राजदूतावासको बैठक कक्षभित्र प्रवेश गराई कुटपिट/हातपात गरी भयाभहको स्थिति सिर्जना गराएका थिए ।
बैठक कक्ष केहिबेर रणमैदानमा परिणत भएको पनि जानकारी गराएका छन ।

 

भण्डारीले दूतावासमा एक निबेदन पनि पेस गरेका थिए उक्त निवेदनमा उल्लेख छ, ‘श्रीमानसमक्ष निज एनसीसी अध्यक्ष मोहम्म मुक्तदा मुसलमानसहित रामबहादुर हमाल, नरेश श्रेष्ठ, अब्दुल रहमानलगायत उक्त कुटपिट घटनामा संलग्न सबैलाई अनुसन्धान गरी हदैसम्मको कारबाही गरी पाऊँ ।’

उनले कानुनी आधारका लागि दूतावासको बैठक कक्षमा रहेको सीसी क्यामराको रेकर्डिङ हेरी उनीहरूको पहिचान गर्न सकिने भण्डारीले निवेदनमा उल्लेख गरेका छन् ।

 

भण्डारिले कन्दरा सम्बादाता सङ्ग  कुरा गर्दै भनेकाछन “हामी प्रभासिहरुले सबैभन्दा बढि सुरक्षित महसुस गर्ने ठाउँ भनेकै राजदुतावास हो तर अब तेहा पनि
सुरक्षित अनुभुती गर्न सक्ने स्थिति रहेन ” उनले थप्दै भने कानुनीकारवाही का निम्ति दूतावासमा निबेदन पेस गरेपनी कुनै प्रतिक्रिया नआएको र उल्टै राजदुत नै पिडक पक्ष मा उभिएर प्रती मुद्दा पेस गर्न लागाएको पनि अरोप लगाएका छन ।

यो घटना एनआरएनए एनसिसि कतारको १०औं अधिवेशन अघिको हो । अधिबेशन २९ जुलाइ २०२३ मा सम्पन भएको थियो । उक्त अधिवेशनबाट रमेश भट्ट अध्यक्षमा निर्वाचित भइसकेका छन् ।

 


प्रकाशित : २०८० साउन १८ गते १०:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology