पुर्वखाेला गाउपालिका ४ देविनगरले गत वर्षको कार्यक्रम समिक्षा तथा यस वर्षको कार्यक्रम सार्वजनिक

भुवन सिंजाली
प्रकाशित : २०८० साउन २२ गते १९:३६

देविनगर पाल्पा,

देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले गत अार्थिक वर्षमा गाउपालिका , केन्द्र सरकार , प्रदेश सरकार गरि जम्मा ४७ वटा याेजना रहेकोमा एउटा विद्यालयकाे ट्रस निर्माण याेजना मात्र काम नभएको बाकी सबै याेजनाहरु उपभोक्ता समिति , टेन्डर , गाउपालिकाकाे जिम्मेवारबाट समयमै सकिएको र यस वर्ष वडाकाे ६० लाख गाउपालिकाकाे ३१ लाख केन्द्र सरकार प्रदेश सरकारबाट १ करोड २३ लाख गरि जम्मा २ करोड १२ लाख बराबरको काम गर्ने गरि बजेटकाे सुनिश्चितता भएको साथै विभिन्न संघसंस्थाबाट पनि कामहरुहुने , हुमिन देविनगर वडा भएर गाउपालिका जाेडिने सडक , हुमिन देविनगर जल्पा बहादुरपुर सडकको पनि काम हुने भन्दै सम्पन्न भएको याेजनाहरुकाे सिकाइ उपलब्धि के के भयो । सुधार गर्नुपर्ने पक्षहरु के के छन् । र यस पारित भएका याेजनाहरु प्राेजेटरबाट सार्वजनिक गर्दा सहभागीहरुलाइ पुर्णरुपमा हेर्न बुझ्न सजिलो भएको थियो ।

वडाका सचिव तेजिसरा थापाले गत वर्ष १६५ घटना दर्ता विभिन्न शिर्षकमा गरेको सिफारिस ८४२ उक्त सिफारिस , व्यवसाय कर , घर कर ,बालुवा ढुङ्गा दुवानि कर , भुमि कर लगाएतबाट ७ लाख ४० हजार ३६९ राजेस्व संकलन भएको सेवाग्राहीहरुलाइ सुविधाको लागि साहेयता कक्ष गुनासो पेटिकाकाे व्यवस्थापन गरेको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
स्वास्थ्य चाैकिका प्रमुख शान्ता वमरेलले स्वास्थ्य चाैकि भवनमा मात्र ४ हजार ५ सय ८१ जनालाई सेवासुविधा दिएको हाल स्वास्थ्य चाैकिबाट अाे पि डि सेवा , ल्याप सेवा , सुत्केरी सेवा , अाैषधिबाट गर्भपतन सेवाहरु दिएको । पशु शाखाका कृष्ण रायमाझीले बाख्रा , बंगुर , कुखुरा ,भैंसी गाई गाेरुलाइ भ्याग्सिन लगाएको , जुका माटेकाे अाैषधिहरु वितरण गरेको । कृषि शाखाका अमृता भट्टराईले मकैकाे बीउ , अालुकाे बीउ , तरकारीकाे विउविजना , हाटे ट्याक्टर , थेसर , चापकटर , लगाएको कृषि अाैजारहरु र सुन्तला कागतीकाे विरुवाहरु वितरण गरेको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सहभागीहरुले स्वास्थ्य चाैकिमा गाेप्यनियता नभएको , याेजना संचालनमा राम्रोसँग जानकारी नपाएको , कृषि पशु शाखाबाट उपलब्ध गराउने सेवामा एकरुपता नभएको , बजेट सम्मान रुपमा विनियोजन नभएको गुनासो राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि पुर्वखाेला गाउपलिकाका उपाध्यक्ष भागिरथि भट्टराईले जनताको अावश्यकता अनुसार भाैतिक सामाजिक अार्थिक शिक्षा स्वास्थ्य कृषि पशु सेवामा गाउपालिकाले काम गरिरहेको र सबैकाे सल्लाह सुझाव लिदै अगाडि बढ्ने भन्दै विकास निर्माणमा उपभोक्ता समिति स्थानीय जनताले गरेका याेगदानकाे प्रसंसा गर्दै धन्यवाद दिनुभयो ।

देविनगर वडाका पुर्व अध्यक्ष रिम प्रसाद श्रेष्ठ , नेकपा एमाले वडा कमिटीका अध्यक्ष बल बहादुर थापा , मातृभूमि मा वि का प्र अ मेहरमान थापा , पुर्वखाेला सहकारी संघका अध्यक्ष यम बहादुर खत्री , भाेज बहादुर मसराङ्गि , शेर बहादुर गाहाले देविनगर वडाले गरेका याेजनाहरु जनप्रतिनिधि कर्मचारीहरुकाे साथ सहयोग राम्रो रहेको भन्दै धन्यवाद तथा शुभकामना दिएका थिए।

कार्यक्रम समापन गर्नु हुदै वडा अध्यक्ष मेहर सिं थापाले सहभागीबाट राखेका सल्लाह सुझावलाइ मनन् गर्ने र यस वर्षका याेजनाहरु समयमै सक्ने गरि लाग्ने भन्दै सहभागीहरुलाइ धन्यवाद दिनुभयो ।


प्रकाशित : २०८० साउन २२ गते १९:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology