पूर्वखोला जल्पामा गत वर्षको योजना समिक्षा एवम् नया वर्षको योजना तथा कार्यक्रम सार्वजनिक

माया राना
प्रकाशित : २०८० भदौ २ गते ७:०५

पुर्बखोला गाउपालिका वडा न २ जल्पामा गत बर्ष को बार्षिक प्रगति समिक्षा र आ.ब 080/081 को योजना सार्बजनिक गर्ने काम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष नुन बहादुर थापाले सहभागिहरुको प्रश्नको उत्तर दिदै बस्ति स्तरको योजनालाइ प्राथमिकता दिएर काम गरेको बताउनु भयो। जल्पा वडा अध्यक्ष निर बहादुर सारुले गत बर्ष सम्पन्न योजनाहरु सुनाउदै , 079/80 मा ब्यक्तिगत घतना दर्ता १६५ वटा, राजस्व कुल जम्मा ५ लाख, 29 हजार, ६४७ जम्मा भएको, ७३३ सिफारिस, भएको बताउनु भयो । ७० वटा योजना र कार्यक्रम मध्ये ६५ योजना समयमै सम्पन्न भएको र ५ वटा हुन नसकेको योजनाहरू सार्वजनिक गर्नु भयो। त्यस्तै गरि, सामाजिक सुरक्षा’, कृषि, पशुबिकास , युवा स्वरोजगार, स्वस्थ तर्फ सुधार भएका कार्यक्रमहरु, लक्षित र भौतिक योजनाको बारेमा मल्टिमिडियाको माध्यमबाट सुनाउनु भयो। जल्पाको प्रत्येक टोलबाट सहभागि उपभोक्ता समितिका , र अन्य कार्यक्रमका जिम्मेवार ब्यक्तिहरुले सम्पन्न योजना , काम गर्ने क्रममा आउने समस्या र चुनौतिको बिषयमा छलफल भएको थियो। सहभागिहरुको जिज्ञासा मेटाउदै वडा अध्यक्ष सारुले यसै बर्ष केन्द्र, प्रदेश, र स्थानिय सरकार बाट गरि ६ करोड, ४४ लाख ४३ हजार, ६२३ बराबरको काम सम्पन्न भएको छ, लगानि पछिको प्रतिफल खोज्नु, अनुगमन गर्ने जिम्मेवारि सबै सरोकारवालाको हो , भन्नु भयो। परियोजनाको २५ लाख को काम गरेको, २४ लाख ४० हजारको काम हुन नसकेको समेत बताउनु भयो। कार्यक्रमका बिशिष्ट अतिथि गाउपालिका उपाध्यक्ष्य भागिरथि भट्टराइले समुदायको असिमित चाहाना र माग हुने र सिमित बजेट को कारण योजना प्राथमिकिकरण गर्नु पर्ने बताउनु भयो। यसै अवसरमा पुर्बखोला गाउपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले स्वास्थ्य चौकि जल्पालाइ बिरामिको लागि अत्याबश्यक पर्ने अक्सिजन मेशिन हस्तान्तरण गर्नु भयो। सार्बजनिक सुनुवाइमा धेरै जसो भौतिक योजना , बजेट को बारेमा छल्फल भएको थियो। कार्यक्रमको समिक्षा छल्फल पछि प्रमुख अतिथि थापाले यस बर्ष 080/081 को जल्पा वडाको लागि बिनियोजित बजेटको पनि सार्बजनिक गर्नु भएको थियो। कार्यक्रम कर्मचारि हुम बहादुर झेडिको सन्चालन र वडा अध्यक्ष्य निर बहादुर सारुको अध्यक्षतामा सम्पन्न भएको हो।


प्रकाशित : २०८० भदौ २ गते ७:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology