खेलाडी सम्मान कार्यक्रम तथा १० औं पाल्पा आईटीएफ प्रतियोगिता सम्पन्न

नीर सारु मगर
प्रकाशित : २०८० भदौ २४ गते ११:२६

२३ भाद्र २०८०
पाल्पा जिल्ला आई टीए फ तेक्वाण्दो संघको आयोजनामा “१० औं पाल्पा जिल्ला आईटीएफ तेक्वाण्दो प्रतियोगिता २०८०” सम्पन्न भएको छ। गत भाद्र २२ र २३ गते सञ्चालित प्रतियोगिताको जिल्ला समन्वय समिती पाल्पाका प्रमुख टंकनाथ खनालले उद्घाटन गर्नुभएको थियो । यस प्रतियोगितामा महिला र पुरुषको जुनियर र सिनियरको स्पाईरीङ तथा प्याट्रन गरि २ वटा बिधामा ४२ स्वर्ण, ४२ रजत र ६० कास्यपदकको लागि ३४३ जना १४ वटा दोजाङका खेलाडीहरुले सहभागिता जनाएका थिए। जसमा ९ वटा स्वर्ण पदक जिती बिजु दोजाङहरु प्रथम, ८ स्वर्ण पदक जिती तानसेन दोजाङहरु द्वितीय र ७ वटा स्वर्ण पदक जिती हिदन दोजाङहरु तृतिय भई ट्रफि उचाल्न्न सफल भएका छन्। यसै गरि सिनियर महिला बेष्ट प्लेयरमा एलिसा घर्ति मगर तथा सिनियर पुरुष बेस्ट प्लेयरमा बिवेक बुढा घोषित भए । त्यस्तै जुनियर तर्फ महिलामा समिक्षा थापा र पुरुषमा सीजल पाण्डे वेष्ट प्लेयर घोषित भए ।
यस प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सभामुख माननिय तुलाराम घर्ति मगर बसन्तले पाल्पामा एउटा मार्सलआर्टको कर्भडहल नभएकोले यसको लागि आफुले पहल गरि बजेट छुट्याउने प्रतिबद्धता जनाउनुभयो। लुम्बिनी प्रदेशसभा सदस्य माननीय खेम बहादुर सारुले आईटीएफ तेक्वान्दोमा हजारौको संख्यामा खेलाडीहरु रहेता पनि यसलाई व्यवस्थापन गर्न सरकारको ध्यान नगएकोमा राज्यले अब देखि देशको गहना खेलाडीहरुलाई उचित बजेट छुट्याउनुपर्ने बताउनुभयो।
सो अवसरमा भारतको हैदराबादमा सम्पन्न सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका पदक बिजेता खेलाडीहरु एन्जल रेग्मी र रजन रेग्मीलाई पाल्पा जिल्ला आईटीएफ तेक्वाण्दो संघले जनही पन्ध्र- पन्ध्र हजार नगद सहित प्रमाणपत्रले सम्मान गरेको थियो। सो प्रतियोगितामा एन्जल रेग्मी १ स्वर्ण ३ कास्य तथा रजन रेग्मीले १ रजत र १ कास्य पदक जितेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा (माओवादी केन्द्र)का जिल्ला ईन्चार्ज राजेन्द्र बि. क., जिल्ला खेलकुद विकास समिती,पाल्पाका कार्यबाहक अध्यक्ष दिपक घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका यज्ञमुर्ती तिमल्सेना र श्रीनगर एफ एमका स्टेसन म्यानेजर देव पचभैया लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो। पाल्पा आईटिएफ तेक्वाण्दो संघका अध्यक्ष निर बहादुर सारुको अध्यक्षता तथा सचिव नगेन्द्र मल्लको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० भदौ २४ गते ११:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology